Sunday 30th August 2026

लघुकथा : खोक्रो आदर्शवाद -सीता बिष्ट कार्की (सीबिका)


घरमा श्रीमानले साक्षरता अभियानको लागि प्लेकार्ड बनाइरहेका थिए , गाउँ गाउँमा साक्षरता बढाउने कार्ययोजना , नीति ,रणनीति तयार गर्दै थिए । एक्कासि श्रीमतीले श्रीमानसंग “भित्तामा ठडाएको प्लेकार्डलाई देखाएर भनिन्” , ए चन्द्रेको बा यो केहो ?”” म जस्तै सेतै फुलेकी बुढिलाई पनि हात समातेर सिसाकलमले लेख्न सिकाएको छ है त ,अनि यो प्लेकार्डमा अरु के के लेखेको छ पढेर सुनाउनुस त ।

कति चासो चाहिएको ? श्रीमतीलाई हकार्दै भन्यो , खुरुक्क भान्सामा गएर मिठो खाना नबनाएर —–!
“के जिस्काउन सोधेको हो र” ? प्लेकार्डमा झ्वाप्प आँखा परेपछि त्यो तस्विरले उस्को ध्यान तान्यो त्यसैले के लेखेको रहेछ भनेर सोधेको ,पढ्न जानेको भए त किन सोध्थें र ?

यति भनेपछि नसुने जस्तो गर्यो, चन्द्रेको बा मोबाइलबाट आवाज ठूलो गराई लोकगीत सुनिरहन्छ ।
श्रीमतीले फेरि चिया पकाएर दिएपछि नरम हुदै भनीन , “के साँच्चै म जस्तो अधवैसे बुढिले पनि पढ्छन् र “?पढ्न पाए त मैले पनि पढ्थे नि मलाई पढ्न मन छ ,उस्ले नसुनेजस्तो गरेर कुरो मोड्दै भन्यो अरु दुध छ कि छैन ? यहाँ साथीहरू आउँदैछन् ।
उत्तर दिने छाँट नदेखेपछि उस्ले पनि नसुनेजस्तो गरि भान्सामा गएर भात पकाउन थाली ।

नमस्कार मेडम भन्दै बुढाका साथीहरु आए ,साक्षरता अभियानमा आज मेडमलाई पनि लैजाने है सर ।घरमा काम छ ,”उनी त जाँदिनन होला बुढाले भने।”
घरको काम त त्यस्तै हो ,म नपढेको मान्छे मलाई त साक्षरता अभियान भन्ने नै थाहा छैन कसरी जानु ! अभियान्ता बनेर । यत्रो साक्षरता अभियन्ताको घरमा निरक्षर ?हामीलाई त सरले “हरेक अभियानकर्ताले आफ्नै घरबाट अभियान शुरु गर्नुपर्छ अनि पो “अभियानहरु सफल हुन्छ्न र हामीले सोचेको समाज बन्छ “भन्नुहुन्थ्यो त !

-सीता बिष्ट कार्की (सीबिका)
टोखा – ९ गोङ्गबु, काठ्माण्डौ


सम्बन्धित शीर्षकहरु

नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीमा नेपालतर्फ मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २,४९८ जना अझै बेपत्ता…

रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका…

चीनको स्वसाशित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।…

प्रतिकृयाहरू
...