Saturday 4th April 2026

टहल आचार्यको गजल संग्रह – २१


गजल
###
जबदेखि नेपालमा एमसिसी पास हुन्छ ,
तबदेखि नेपालीको बगरमा बास हुन्छ ।

मौका हेरी कुरीराका ती साँडेको जुधाईमा ,
दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ ।

हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती ,
एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ ।

आफ्नै माटो आफ्न‌ै पौरख अलग भ‌ै छुट्टीएर ,
स्वाभिमान स्वतन्त्रता बिदेशीको दास हुन्छ ।

छातीमाथि बुट टेकी हाल हुकुम चलाउने ,
फेर्न पनि बैगुणीको मुठीभित्र सास हुन्छ ।

-टहल आचार्य
२०७८/०५/०९


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...