Saturday 4th April 2026

टहल आचार्यको गजल संग्रह – २०


गजल

####
पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो ।
कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो ।

ओईलिएर बोट सबै आँधीहुरी किरा लागि ,
नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो ।

उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले ,
हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो ।

उ बितेछ त्यो बितेछ कठैबरा ! भन्दा भन्दै ,
डर त्रास तर्कनाले यो मन नभरे नी हुन्थ्यो ।

गर्जिएर चम्किएर आकाशको कालो बादल ,
असिना भै बालीनाली माथि नझरे नी हुन्थ्यो ।

 

-टहल आचार्य
२०७८/०५/०८


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...