Tuesday 31st March 2026

कुवेतमा १२५ किलो चरेश तथा २५० ग्राम मेथाम्फेटामाइन सहित २ एसियाली नागरिक पक्राउ


तीतोपाटी – कुवेतमा लागुऔषध नियन्त्रण विभागले सामुद्रिक मार्गबाट कुवेतमा लागु औषध तस्करी गर्ने दुइ एसियाली नागरिकलाइ पक्राउ गरेको छ । उनीहरूसँगबाट ठुलो परिमाणमा (१२५ केजी चरेस र २५० ग्राम मेथाम्फेटामाइन) लागु औषध बरामद गरिएको छ ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा हिँजो २२ अगष्टका दिन प्रकाशित समाचारका अनुसार छिमेकी देशबाट सामुद्रिक मार्ग प्रयोग गरि ल्याइएको लागुऔषध बरामद गरिएको हो । लागु औषध तस्करहरूले सामुद्रिक मार्गबाट ठुलो परिमाणमा लागुऔषध भित्र्याउँदै गरेको सूचना प्राप्त भएपछि कानुनी अनुमति लिएर कुवेतको तटरक्षक अधिकारीहरूको सहयोगमा सो लागु औषध सहित ओसारपसारमा संलग्न २ एसियाली नागरिकलाइ पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सामुद्रिक मार्गबाट आउँदै गरेको ४ वटा ठुला लगेजमा धेरै पोकाहरू बनाएर ल्याइएको १०५ किलो चरेस पक्राउ गरिएको हो भने उनीहरू बसेको घरमा खानतलासी गर्दा अरू २० किलो चरेस र २५० ग्राम मेथाम्फेटामाइन (शबु) फेला परिएको थियो ।

तस्कर दुवै जनाले आफ्नो अपराध स्वीकार गरि साविती भएकोले उनीहरूबाट बरामद गरिएको लागु औषध सहित कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाइएको छ ।

Two Asians caught with 125 kgs of hashish and quarter kg of meth


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...