Wednesday 6th August 2025

कुवेतमा १२५ किलो चरेश तथा २५० ग्राम मेथाम्फेटामाइन सहित २ एसियाली नागरिक पक्राउ


तीतोपाटी – कुवेतमा लागुऔषध नियन्त्रण विभागले सामुद्रिक मार्गबाट कुवेतमा लागु औषध तस्करी गर्ने दुइ एसियाली नागरिकलाइ पक्राउ गरेको छ । उनीहरूसँगबाट ठुलो परिमाणमा (१२५ केजी चरेस र २५० ग्राम मेथाम्फेटामाइन) लागु औषध बरामद गरिएको छ ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा हिँजो २२ अगष्टका दिन प्रकाशित समाचारका अनुसार छिमेकी देशबाट सामुद्रिक मार्ग प्रयोग गरि ल्याइएको लागुऔषध बरामद गरिएको हो । लागु औषध तस्करहरूले सामुद्रिक मार्गबाट ठुलो परिमाणमा लागुऔषध भित्र्याउँदै गरेको सूचना प्राप्त भएपछि कानुनी अनुमति लिएर कुवेतको तटरक्षक अधिकारीहरूको सहयोगमा सो लागु औषध सहित ओसारपसारमा संलग्न २ एसियाली नागरिकलाइ पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट सामुद्रिक मार्गबाट आउँदै गरेको ४ वटा ठुला लगेजमा धेरै पोकाहरू बनाएर ल्याइएको १०५ किलो चरेस पक्राउ गरिएको हो भने उनीहरू बसेको घरमा खानतलासी गर्दा अरू २० किलो चरेस र २५० ग्राम मेथाम्फेटामाइन (शबु) फेला परिएको थियो ।

तस्कर दुवै जनाले आफ्नो अपराध स्वीकार गरि साविती भएकोले उनीहरूबाट बरामद गरिएको लागु औषध सहित कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाइएको छ ।

Two Asians caught with 125 kgs of hashish and quarter kg of meth


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...