Monday 12th January 2026

बढ्यो ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य


तीतोपाटी डटकम-नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ। अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।

@सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...