Saturday 11th April 2026

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी सेप्टेम्बर १७ मा हुने


तीतोपाटी – खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको कुवेतको सकृय संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी सेप्टेम्बर १७, २०२१ शुक्रबारका दिन हुने भएको छ । कल्याणकारी नेपाली युवा समाजले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मंगाफ स्थित एक सभाहलमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको कुरा समाजका सांस्कृतिक विभाग प्रमुख राजु थापा मगरले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् ।

विश्वव्यापी महामारी कोभिड – १९ संक्रमणको कारण गत २०२० को शुरूवात देखि सार्वजनिक गतिविधि गर्न असहज भए पछि नियमित हुन नसकेको कल्याणकारी नेपाली युवा समाजको तेश्रो अधिवेशन हाल कोरोना संक्रमण कम भइ जन जिवन सामान्य रूपमा फर्कन लागेको समयमा हुन लागेको हो । हाल कुवेतमा ७० प्रतिशतको हाराहारीमा यहाँका नागरिक तथा आप्रवासीहरूले कोभिड विरूद्धको खोप लगाइसकेकोले  कोभिड – १९ को सुरक्षा मापदण्ड पालना गरि संस्थाको तेश्रो अधिवेशन गर्न लागिएको कल्याणकारीका अध्यक्ष सुवाश श्रेष्ठले बताएका छन् ।

संस्थागत कृयाकलापहरू नियमित नहुँदा संस्था निष्कृय जस्तो देखिने भएकोले संस्थागत कृयाशिलताको लागि कल्याणकारीले एकापसमा सामाजिक दुरी कायम गरि तेश्रो अधिवेशन गराउन लागेको हो । अधिवेशनको लागि संस्थाले नेपाली राजदूतावास, संघ संस्थाहरू, पत्रकार, खेलाडी, कलाकार सबैलाइ संस्थागत र व्यक्तिगत रूपमा पत्राचार गरिसेकेको जनाउँदै समाजको तेश्रो अधिवेशनमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन सम्पूर्णमा कल्याणाकरी नेपाली युवा युवा समाज कुवेतले अनुरोध गरेको छ ।

स्मरण रहोस, सन २०१७ मा गठन भइ कृयाशिल कल्याणकारी नेपाली युवा समाज कुवेतले कर्मथलो कुवेतमा विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूलाइ राहत उद्दार गर्ने देखि नेपालमा प्राकृतिक विपत्ति पर्दा होस वा सांस्कृतिक, शैक्षिक तथा खेलकुदका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ भने कुवेतको नेपाली समाजमा विभिन्न किसिमका खेलकुद प्रतियोगिता गराइ कुवेतवासी नेपालीहरूमाझ लोकप्रियता कमाइरहेको छ ।

कार्यक्रमको विवरणः
कार्यक्रमः कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन ।
मितिः १७ सेप्टेम्बर २०२१ ।
स्थानः मंगाफ सभाहल ।
समयः दिनको १ः०० बजे ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...