Saturday 11th April 2026

चन्द्रावती अधिकारीको एक पाञ्चायन पञ्चाङ्ग


“ पाँच तत्व पाँचै विकार , पाञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग हरु

बैगुनीले माया जालमा फसाएर मार्यो
मन्द मन्द मुटुभित्र डसाएर मार्यो
माया भन्दा ठूलो केही छैन भन्छन् यहाँ
यै मायाले सुर्के डोरी कसाएर मार्यो
उचालेर फेरि यसै खसाएर मार्यो।


न चाहेरै बस्यो माया भन्नसक्या हैन
कतिकति लाग्छ माया गन्न सक्या हैन ।
न त बोट न त बीउ कहाँ बाट सर्यो
यस्कालागि मनको पाखा खन्न सक्या हैन
सधैँ रित्तो दिन केही टन्न सक्या हैन


के हो केहो भोलि कहाँ पिर परिराछ
सम्झिएर वर्षेझरी सधैँ झरिराछ
दोबाटोमा उभिएछु यता जाऊँ कि उता?
थकित छ मन आफैँ तेसै मरिराछ।
एक्लैएक्लै जिन्दगानी त्यसै टरिराछ।


भोलि भेट नभए नि गाली नगर्नू है
मायाको त्यो डिलबाट तल नझर्नू है
एक फेर लाग्छ माया चोखो गर्यो भने
मेरो माया अरुतिर कैलै नसर्नू है?
वारि मन छुटाएर पारी नतर्नू है ।


हिउँद वर्खा सधैँभरि तिम्रै आशा लाग्छ ,
संसारमा तिमीमात्र किन खासा लाग्छ?
बेमौसमी बादलुले पानी पार्ने हैन
यसैले त तिम्रो माया के तमासा लाग्छ
यही आज मेरो मनको खुलासा लाग्छ।

 

चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा २
हालः कोहलपुर, बाँके ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...