Saturday 4th April 2026

तीन स्रष्टाका पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग

जुट्नु भन्दा फुट्नु राम्रो भन्छ यो दुनियाँ
भेट्नु भन्दा छुट्नु राम्रो भन्छ यो दुनियाँ
दुनियाँको कुरा पनि बुझ्नै गाह्रो भयो
उठ्नु भन्दा सुत्नु राम्रो भन्छ यो दुनियाँ
भुट्नु भन्दा चुट्नु राम्रो भन्छ यो दुनियाँ

विष्णु भट्टराई ’विभु’

पञ्चाङ्ग (क्वा टी )
#########
खेती पाती सकिए पछी क्वा टा खान लगाउँ हजुर।
वर्षामा पानीले भिजियो सबै सर्दी भगाउँ हजुर।।
हामी किसान हरुले रुझ्दै र भिज्दै खेती गर्नु पर्छ।
सबै गाउँ घरका लाई क्वा ती खान जगाउँ हजुर।।
ज जसले जानेको छैन सिकाएर सघाउँ हजुर।।

लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

पञ्चाङ्ग 

जिन्दगीलाई ओल्टाई पल्टाई हेरेँ टुटेको देखियो
नातासम्बन्ध केलाई बताई हेरेँ छुटेको देखियो
नबुझेर हो कि मर्छु भन्ने थाहा पाएर गल्ती गर्छन्
सम्झनाका लहरमा भेल बाढीले चुटेको देखियो
मरिजाने चोलामा शत्रुहरू सबै जुटेको देखियो ।

सविता के.सी. ❤


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...