Wednesday 21st January 2026

जनार्दन अधिकारी धड्कनका केहि खोरियाहरू


खोरिया

####
आयो जनै यो पूर्णिमा
चाहाड पूर्ण चन्द्रमा
हातमा डोरो बाँधौन
ज्ञान साँधौन

फेरेर नया जनै यो
बाँधेर रक्षा डोरो त्यो
मनाउँ क्वाटी खाएर
जम्मा भएर ।

पूर्णिमा नाम विभिन्न
चाहाड छैन लौ भिन्न
मनाउँ आफ्नै प्रकार
धनी सस्कार ।

कहानी बन्दै आएछ
जमाना उल्टो भएछ
प्रशिद्धि आफ्नै कर्म हो
कुल धर्म हो ।

भान्सामा क्वाटी पाकेको
पर्वको स्वाद चाखेको
यज्ञ पवित हातमा
प्यारी साथमा

नछोडौ आफ्नो सस्कार
मनाउँ आफ्नै प्रकार
सिर्जना रम्य फूलको
धर्म कुलको ।

जनार्दन अधिकारी धड्कन


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...