Saturday 4th April 2026

जनार्दन अधिकारी धड्कनका केहि खोरियाहरू


खोरिया

####
आयो जनै यो पूर्णिमा
चाहाड पूर्ण चन्द्रमा
हातमा डोरो बाँधौन
ज्ञान साँधौन

फेरेर नया जनै यो
बाँधेर रक्षा डोरो त्यो
मनाउँ क्वाटी खाएर
जम्मा भएर ।

पूर्णिमा नाम विभिन्न
चाहाड छैन लौ भिन्न
मनाउँ आफ्नै प्रकार
धनी सस्कार ।

कहानी बन्दै आएछ
जमाना उल्टो भएछ
प्रशिद्धि आफ्नै कर्म हो
कुल धर्म हो ।

भान्सामा क्वाटी पाकेको
पर्वको स्वाद चाखेको
यज्ञ पवित हातमा
प्यारी साथमा

नछोडौ आफ्नो सस्कार
मनाउँ आफ्नै प्रकार
सिर्जना रम्य फूलको
धर्म कुलको ।

जनार्दन अधिकारी धड्कन


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...