Thursday 15th October 2026

३ स्रष्टाका षड्ऋतुहरू


तिजको बेलामा
माइती घरमा
दाज्यूको भरमा
नाच गान गर्दै
मादलु तालमा
मिठाई थालमा

आयो जनै पूर्णे
पशुपति जाने
नयाँ जनै भिर्ने
सर्दी भगाउन
तातो क्वाँटी खाने
परम्परा धान्ने

राखी बाँध्ने दिन
दिदी बैनी किन
धेरै टाढा भाको
आउ सँगै बसौँ
मिठो मिठो खाई
सँग सँगै नाचौँ

कृष्ण बहादुर के.सी.
गोङ्गबु,काठमाडौँ ।

 

बाबु नानी कता
आऊ सबै यता
हस्सौ खेलौं सगै
हाँस्दा खेल्दा राम्रो
हामी सबै साथी
सगै भए जाति।

किन जान्छौ टाढा
तिमी हामी राजा
अरू साथी प्रजा
एक छिन रग
हामी भयौ दग्ग
कती भयो रग

थाकी सके मत
खेल्दिन अबत
जाने अब घर
छ आमको डर
अब बाकी भोलि
जाऊ खेल्न छोडी।

नारायण कोइराला
हाल,यूएई।

जुनेली रातैमा
उनीको साथैमा
लुकाचोरि खेली
समय बिताको
झलल यादमा
हेरें आँखा खोली।।

देख्छन भनेर
अरूको डरले
लुके घर पछि
बसेको बसै म
उनीलाई पर्खी
आईनन साथी ।।

आएर हेरेको
देखिन उस्लाइ
हेरें चारैतीर
साथीले सुनायो
नखोज गईन
आफ्नो घरतिर ।।

लोकनाथ शर्मा
असम भारत

 


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...