Thursday 15th October 2026

सर्लाहीको पल्सीबाट कटुवा पेस्तोल र गोलीसहित एक जना प्रहरीको नियन्त्रणमा, हरिवनमा ट्रकको ठक्करबाट १ को मृत्यु


किसन साह, सर्लाही – सर्लाहीको मंलगवा नगरपालिका-११ ठुलो पल्सी मा शनिबार दुई दाजुभाई बीच झै-झगडा भईरहेको खबर प्रहरीले पाउनासाथ झै-झगडा छुटाउन गएको प्रहरीको टोलीले दुबै जनालाई सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिन अंसारीको कम्मरमा छोइएपछि कटुवा पेस्तोल फेला फरेको थियो।

मलङ्वा न.पा. ११ पल्सी मा बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। समसुद्दिन अंसारी र फुल गनी अंसारी दाजुभाई हुन्। पक्राउ परेका अंसारीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शनिवार दिउसो ३ बजे ट्रकले ठक्कर दिदा एक युवकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरी आँखा अस्पताल अगाडि हरिवन नगरपालिका–११, का मोहम्मद फुदिन राईनका १८ वर्षीय छोरा जुमराती राईनको ट्रकको ठक्करबाट ज्यान गएको हो ।

राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवनमा पुर्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय हरिवन प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए । प्रहरी निरीक्षक यादवका अनुसार दुर्घटना गराउने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...