Wednesday 16th September 2026

नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि अगष्ट २७ तारिक हुने


तीतोपाटी – नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि २७ अगष्ट २०२१ शुक्रबार हुने भएको छ । राहत उद्दार र  मानविय सेवाका कार्यहरू गर्दै  आएको सरोकार समाज कुवेतको तेश्रो अधिवेशन कुवेतको कवद यरियामा गर्न लागिएको कुरा समाजका महासचिव दामोदर बटालाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् ।

कोभिड-१९ को विश्वव्यापी महामारीको कारण संसार नै उथल पुथल भएका कारण मानिसहरू भेला जम्मा भइ कुनै पनि सार्वजनिक कार्यक्रमहरू नभएको डेढ वर्ष पछाडि पहिलो पटक नेपाल कुवेत सरोकार समाजले आफ्नो तेश्रो अधिवेशन कुवेतको हिजुल कवदमा गर्न लागेको हो ।

अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास कुवेत, एनआरएनए कुवेत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, पत्रकार, नेपाली समाजका गन्यमान्य व्यक्ति व्यक्तित्व, खेलाडी, कलाकार सबैलाइ पत्राचार गरिएको जनाउँदै कोभिड -१९ को सामाजिक मापदण्ड पालना गरि सम्पन्न गरिने उक्त अधिवेशन समारोहमा गरिमामय उपस्थिति जनाइ कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग गरिदिनुहुन सम्पूर्णमा नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले अनुरोध गरेका छन् ।

स्मरण रहोस, सन २०१४ मा नेपाली श्रमिकहरू कार्यरत देश कुवेत र जन्मथलो नेपालमा सामाजिक र मानविय सेवाका कार्य गर्ने उद्धेश्यले कुवेत नगरीमा गठन भइ कृयाशिल रहि राजनीतिक, धार्मिक, क्षेत्रीय, जातीय कुनै भेदभाव नराखी अघि बढि रहेको यस संस्थाले विभिन्न किसिमले श्रमिक मैत्री भएर श्रमिक हक हितका कार्यहरू गर्दै आएको छ  भने केहि समय अघि मात्रै पनि नेपाल कोरोना महामारीको दोश्रो लहरको कारण आक्रान्त भएको समयमा नेपाल कुवेत सरोकार समाजले मास्क सेनिटाइजसर संकलन अभियान गरि नेपालमा सहयोग पठाएको थियो ।

कार्यक्रमको विवरण
कार्यक्रमः नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन ।
मितिः सन २०२१ अगष्ट २७ तारिक शुक्रबार ।
स्थानः हिजुल कवद ब्लक १, स्ट्रीट १६, बिल्डिङ नं. ३८४ ।
समयः बिहान ११ः०० बजे ।


सम्बन्धित शीर्षकहरु

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

प्रतिकृयाहरू
...