Friday 7th August 2026

कोरिया रोजगारीको बाटो खुल्यो


तितोपाटी- रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८/७९ वा कोरोना महामारीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ । विभागका अनुसार इजाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।
यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक कोरोना जोखिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिनुुभयो ।
सीधै नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्दै आएको छ । यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्थ्यो, त्यसैबाट ट्रान्जिट हुँदै जाने गर्थे ।
नयाँ टेन्डरअनुसार लाग्ने हवाई भाडा पनि श्रमिकले नै तिर्नेछन् । बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो ।
कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन् । श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने र कोरोना बीमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको विभागले जनाएको छ । बोलपत्र आह्वान भए पनि कति श्रमिक लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने श्रमिकका लागि औसत ७०७ अमेरिकी डलर (८४ हजार १३३ रुपियाँ) जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।
कोरोना सङ्क्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन बन्द भएको थियो । लेबर परमिट र कन्फर्मेसन लेटर आएका र पुनः जान लागेका गरी १० हजार बढी श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कन्फर्मेसन लेटर आएको छ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान भएका यसबीच म्याद सकिएकाको एक वर्ष म्याद थप भएको जानकारी गराएको छ ।गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ।…

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

प्रतिकृयाहरू
...