Thursday 15th October 2026

एमाले फुट्यो- निर्वाचन आयोगमा माधव नेपालले दर्ता गराए नेकपा एमाले समाजवादी


नेकपा एमालेका  बरिष्ठ नेता एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।

नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् । यद्यपि नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लषायत नेताहरु भने अझै खुलेका छैनन् ।

नयाँ दलका केन्द्रीय कार्य समिति यस प्रकार रहेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

प्रतिकृयाहरू
...