Friday 23rd January 2026

एमाले फुट्यो- निर्वाचन आयोगमा माधव नेपालले दर्ता गराए नेकपा एमाले समाजवादी


नेकपा एमालेका  बरिष्ठ नेता एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।

नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् । यद्यपि नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लषायत नेताहरु भने अझै खुलेका छैनन् ।

नयाँ दलका केन्द्रीय कार्य समिति यस प्रकार रहेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...