Monday 30th March 2026

‘जसपा लोकतान्त्रिक’ दर्ता : महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो वरिष्ठ नेता


 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट फुटेर आज (बुधबार) निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीको दर्ता नम्बर ४३४ रहेको छ ।नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने उद्घोष गरेको छ । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने जानकारी दिए ।

उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाई दिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने महतोको भनाइ छ । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको महतोले बताए । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...