Sunday 5th April 2026

श्रीकृष्ण शर्माका तीन पञ्चाङ्गहरू


पञ्चाङ्ग –१

भेटेँ जब हिन्दु दर्शन अस्तु तिमीमा
पञ्चमहाभूत जडेको वस्तु तिमीमा
साहित्यको वाटिकामा कल्पतरु बने
समाहित हुन्छन् व्यासअरस्तु तिमीमा
यही शुभकामना छ पञ्चस्तु तिमीमा ।

पञ्चाङ्ग –२
हेर्दा सुन्दर इन्द्रकमल – फूल जस्तो माया
कैल्यै पनि नसुक्ने पानीको मूल जस्तो माया
नखोलुन्जेल तातो लाग्छ यो खोले पश्चात्ताप
प्यान्डोराको बाकस खोलेको भुल जस्तो माया
महँगो – भो–पिंजडाको बुलबुल जस्तो माया ।

पञ्चाङ्ग –३

झट्ट हेर्दा बिस अनि पाँच उस्तै लाग्छ
गाईजात्रा र कोरोना जाँच उस्तै लाग्छ
यत्ति भन्छु यो मुहार पुस्तिकाको माया
दूधविना गुब्बाराझैँ फाँच उस्तै लाग्छ
टाढाबाट हीरा अनि काँच उस्तै लाग्छ ।

श्रीकृष्ण शर्मा पोखरा
Shanti Niketan School
Exam – coordinator
Tukka : secretary General
Kopila Gandaki : Treasurer
Mobile: +977-9840010052


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...