Thursday 15th October 2026

कविताः धड्कन – कुंज देवी उपाध्याय


खोई किन हो हिजोआज
आकास बादलले छोप्दा खुशी लाग्दछ
आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ
दुर्दान्त समयको कोलाहल सँग
परिचित भएर पो होला
धेरै दिन सुनसान भयो भने
मुटुको धड़कन बढन लाग्छ
नया संघर्षको तुफान कता चल्दै होला?
ती मतलबी कागहरु निकै कराएको सुन्छु
सतर्क भएर बस्नु पर्छ
मेरो आत्मा खोसेर लान सक्छन
मेरो मुटु दुई टुक्रा पारी
म आफैमा कमजोर बन्दै छु
अर्कालाइ दोष दिएर के गर्नु
म मै भित्र मरि सकेको छु।

-कुंज देवी उपाध्याय


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...