Wednesday 1st May 2024

सात स्रष्टाका षड्ऋतुहरू


षड्ऋतुहरू

१)
गाउँ जस्तो कहाँ
हामी बस्छौ जहाँ
नाम शहर रह्यो
काम छैन निको
एकता नि छैन
भन्न र पो भैन
२)
गाउँमा त हुन्थ्यो
स्नेह र सद्भाव
माया हुने कति
गाउँ घर जति
कहाँ हुन्छ यहाँ
हामी बस्छौ जहाँ
३)
वल्लो पल्लो घर
चिनजान छैन
घर भित्रै बस्ने
बोल्ने चाल्ने हैन
हेर्दा लाग्छ दङ्ग
कस्तो अचम्म
४)

देख्दा लाग्ने छक्क
वाक्क न बक्क
प्रतिस्पर्धा कति
देखावटी गर्ने
भन्न भने हुन्न
तर मन रहन्न
५)
खाद्य तत्व सबै
अर्गानिक हुन्न
बासि हुन्छ यहाँ
ताजा खान हुन्न
दुध हुन्छ पानी
लौ न कता जानि
६)
ठुला ठुला घर
मन धेरै सानो
सद्भाव कतै हुन्न
देखावटी पन
तेरो मेरो सधै
कस्तो होला मन।

रमा पन्त
पाल्पा
(कसैलाई आक्षेप होइन शहरको यथार्थ चित्रण मात्र)



हाँस्दै खेल्दै बाँचौं
चोखो माया साँचौं
तिमी भए पुग्छ
चाहिँदैन लाखौं
मरिलानु के छ ?
आऊ सँगै हाँसौं

तिम्रो हाम्रो माया
हुन्न घाम छाया
किन लाग्छ औधी
तिम्रो मात्रै माया
भेट्छु सधैं मेरो
मन्को दायाँबायाँ

हिजो भन्दा आज
आज भन्दा भोली
कैले चढ्ने डोली
सधै भन्ने भोली
बोल दिल खोली
नत्र भिर्छु झोली

-दिला शाह, नेपालगन्ज

षड्ऋतुहरु

१.
रमाइलो तीज
अब चल्छ भोज
भोज खाए पछि
भोलि व्रत बसी
पुजा गरि नाच
साथीहरु साथ ।

२.
चन्द्रमाको जुन
पोल्टा भरी सुन
नलगाउ गुन
दोष लाग्छ सुन
मानिसको बुव्दी
हराउछ सुव्दी ।


मानव जीवन
अति नै पावन
सम्हाल जीवन
बन्छ है नबीन
गुरास बनमा
आनन्द मनमा ।

४.
तीजको रसिलो
खाजा त पोषिलो
आमाको हातको
खाजा हो पाकेको
सार्सी मिठो सेल
अरु सबै फेल।

५.
दाजी आए लिन
मिठो खाजा खान
दिए रातो सारी
कोशेलीको भारी
हामी सबै खुशी
मिठो आँप चुसी ।

गंगा लिगल, भैरहवा

षडऋतु

दुई बर्षे बाला
कठै हाम्रा लाला
हत्या हिम्सा गर्ने
जाल झेल गर्ने
ढाक छोप गर्ने
अभियुक्त फेर्ने!

सुरक्षा या छैन
चैन यहाँ छैन
नारीको सम्मान
अस्मिता जोगिने
छाट पनि छैन
नारी नै नलागी
समाधान छैन!

नर्सरी देखि नै
उच्च- शिक्षा सम्म
घर भित्र बाह्य
काम काज माझ
सबैतिर लुछ्ने
पशुबत् प्रबृत्ती!

यसको रक्षक
को छ कहाँ छर?
कसरी कसको
गर्ने यहाँ भर?
बोलौ लेखौ हामी
अब केको डर!

कमला देवकोटा
पाल्पा

षडऋतु काव्य
( लोक लयमा )

घाँस काटे मैले
यो धौली गाईलाई
पालन भनेर
किनेरै ल्याएंनि
दूध घ्युका लागि
छन्छनी गनेर ।

दियो दूध धेरै
भर पेट खाई
बिहान साँझमा
रमायौ घरका
सबै सानाठूला
मझेरी माझमा ।

सत्कार दूधले
गर्न नि पाइँने
पाउना आए नि
उनैले नै गर्छन्
प्रशंसा नि हाम्रो
बाहिर गए नि ।

दुर्गा पौडेल
रुपन्देही

षडऋतुहरु

१)मामाजी खै भनी
भांजी ले सोधिन
फोन ग़री हिजो
आउदैन होला
भनी दीदी बैनी
रोइ आखाँ भिजो ।

२)ए माया मलाई
नजरमा हैना
मनमा राख्नु है
आउछु म् फर्कि
तिमीलाई लीन
कुरेर बस्नु है ।।

३)घमंड नगर
नगर ममता
छोडर जाने हो
केको लोभ गर्नु
केको यो लालच
मरि के लाने हो

४)बगेको खोला झैँ
मनुष्य जीवन
फर्कि आऊँदैन
बांचुन्जेल हामी
नाचौँ छमछमी
फेरी पाँईदैन ।

५)विधिको लेखाई
कस्लाई थाहा छ
को अगी जाने हो
मिलेर जिऊनु
हाँस खेल गर्दै
खैके पो लाने हो ।।

-लोकनाथ शर्मा
तिनसुकिया, असम ,भारत ।

सोमराजी छन्दमा केही षडऋतुहरु

१)तिमी नै जुनेली
अँधेरी उजेली ।
कतै दूर भाग्ने
भनी त्रास जाग्ने ।
सताएर मार्छ
र हैरान पार्छिन् ।।

२)कथाझैँ बनायौ
कहानी सुनायौ
थुनी कान मैले
गरूँ के र ऐले ।
गुम्यो साथ तिमी
यही भो नराम्रो ।।

-उत्तम विचार
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...