Wednesday 21st January 2026

अथकका पंचाङ्गहरू


बसन्त आउँदा नि जिन्दगीले बुझेन
मसान्त लाउँदा नि जिन्दगीले बुझेन
जोखना हेराई तिर्थ व्रत र मन्दिर
जीवन्त धाउँदा नि जिन्दगीले बुझेन
एकान्त पाउँदा नि जिन्दगीले बुझेन

कुराकानी गर्ने भए भाइवरमा आउनु
चिनाजानी गर्ने भए साइवरमा आउनु
आफ्ना दुई आँखाबाट आफैलाईनै खसाई
मनोमानी गर्ने भए टाइगरमा आउनु
परेसानी गर्ने भए नाइवरमा आउनु

कता कता सुने कुन्नि उनी आइथिन रे
आज बल्ल था’पाएँ मलाई चाइथिन रे
के के हुन्छ जिन्दगीमा था’कस्लाई छ र
सुख दुःख पीडा मर्म राग गाइथिन रे
चुरा पोते तिलहरी टीकी लाइथिन रे

ढिलो गरि लौ भेट भयो हजुर
अर्कै मान्छे पो सेट भयो हजुर
भनसुन कतै गरू भने पनि
अलिकति पो लेट भयो हजुर
कुरो यहीनै ठेट भयो हजुर

रात्रीको यो प्रहरमा पंचाङ्ग लेखे
छन्दभङ्ग ठहरमा पंचाङ्ग लेखे
धेरै दिन पछि आज अनुरोधमा
बिरानो यो शहरमा पंचाङ्ग लेखे
अथकको रहरमा पंचाङ्ग लेखे

-पुष्कर अथक रेग्मी
श्रीनगर पाल्पा


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...