Sunday 5th April 2026

कविताः नेपाल – शिव कुमार रेग्मी


एउटै नेपाल बगैचाका फूल हामी नेपाली
बृहत् रूप फैलिएको मेची देखी महाकाली
प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो देश बिशाल
वीर-पुर्खाको पौरखले बाचेको देश नेपाल ।।१।।

बुद्ध-भुमी तपो-भुमी तराई,पहाड,हिमाल
मन मुटु भित्र सजिएको मातृभुमी नेपाल
सबै जातीका भाषा छ सष्कृति पनि बिशाल
सुन्दर देश आफ्नै भेष जय जय जय नेपाल ।।२।।

पुर्व तिर राई-लिम्बू बिचमा आए नेवार
सबै भाषा नेपालकै हो मिलेर सबैले सपार
पश्चिम बस्ने गुरुङ जात हुन्छ आफ्नै पहिचान
बाहुन,क्षेत्री बाकी जाती जताततै बसेका छन् ।।३।।

दक्षिण तर्फ मधेसी उत्तरमा जाती शेर्पा
राम्रो बगैचा नेपाल माथी बाट तल हेर्दा
सगरमाथा नेपालमा अटल भई बसिरहन्छ
फेवातालमा हेर्दा पनि माछापुच्छ्रे हासिरहन्छ ।।४।।

हाम्रो पहिचान संसारमा फैलिएको छ
देशमा भने बाहिरी शक्ती मौलिएको छ
साथी जागी बचाउ हाम्रै संस्कृति विशाल
देश आफ्नै छ भेष जय जय जय नेपाल ।।५।।

-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...