Tuesday 20th January 2026

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर


तीतोपाटी डटकम-२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए । संजीवविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेशीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए । ‘सजायको सन्दर्भमा सरकारी वकीलबाट प्रतिवेदन माग गरिएको छ’ उनले भने, ‘त्यो पेश गरेपछि सजाय तोकिनेछ ।’

गत कात्तिक २९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर संजीवले श्रीमती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।संजीवले प्रहार गरेको एसिडले आरतीको शरीरको झण्डै आधा भाग जलेको थियो भने ३ वर्षीया छोरी रियाको शरीरमा समेत एसिड परेको थियो ।

४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...