Thursday 15th October 2026

दश स्रष्टाका उदकहरू


१
हरितालिका
तिज संस्कृति
सामाजिक पारिवारिक आयाम !

तिज
दर खाऔँ
समाजमा विकृति नवढाऔँ !

अविवाहित
तिज व्रत
योग्य वरको आशामा !

✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ

 


२
जीवन
अस्तित्वको खोजी
नभरिने कहिल्यै गोजी !

विज्ञान
सत्य ज्ञान
हुने कल्पनाको अपमान !

जगत
विश्व ब्रह्माण्ड
ज्ञानको असली स्रोत !

✍️ तेजप्रसाद खनाल, दाङ

 


३
पशु
खाएर बस्ने
विवेक नभएको जन्तु !

दृश्य
मनको आनन्द
आँखाको कवज परेली !

पहाड
रूप बदलिएको
जन्मिएको घर भत्किएको !

✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

 

४
अचानो
चोट सहने
धेरै वर्ष पुरानो !

फूल
काँडाको साथ
बलियो हुन्छ मूल !

सुरा
मादक पदार्थ
कुरा गर्छन् ठुल्ठुला !

✍️ नवराज भट्ट, कञ्चनपुर

 

 

५
जीवन
मनभित्र वेदना
संसार लाग्छ शून्य !

मुस्कान
जीवनको चित्र
अथाह पीडा मनभित्र !

मानिस
वेदनाको पोको
जीवन चलाउने धोको !

✍️ विनय तामाङ, भक्तपुर

 

६
तुइन

उद्देश्य हजारौँ
हाय अप्राप्य जीवन !

फूल
शीत ताप
म तिमीमा फरक !

बाबा
वसन्त बहार
समस्त बहन भार !

✍️ कमला देवकोटा, पाल्पा

 

 

७
सुन्दर
सारा संसार
मनको दृष्टि खोल्दा !

विपत्तिमा
सधैँ साहारा
ज्ञान विनम्रता बुद्धि !

गुण
हातमा सीप
हुँदैन कतै दुःख !

✍️ विजया घिमिरे, जनकपुर

 

८
देश
दुखेर छट्पटाएको
आस्था बदलिएको परिवेश !

शरीर
माटोमा विलिन
एउटै भएको रातदिन !

वियोग
सन्तानको पीडा
दुखेको मुटु कुटुकुटु !

✍️ मञ्जु बस्नेत, खोटाङ

 

 

९
माटो
बाली उब्जनी
किसानको सुन्दर खेती !

पाखो
सुन्दर हरियाली
डाँडा पाखा हिमालय !

खेती
मानो रोपेर
मुरी फलाउने किसान !

✍️ शोभा अर्याल, रुपन्देही

 

१०
जीवन
फुलेको फूल
आखिर ओइलिएर झर्ने !

रोपाई
असारे महिना
निरन्तर सिमसिमे पानी !

प्रकृति
अनुपम सौन्दर्य
कालो बादलमा लुकामारी !

✍️ राजाराम रत्गैंया, कैलाली

 


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...