Sunday 9th February 2025

तस्बिरमा लेखिएका ७१ स्रष्टाका उदकहरू


तीतोपाटी – साप्ताहिक रूपमा प्रस्तुत हुने उदक अभ्यास अन्तर्गत ११ औं श्रृंखलामा जम्मा ७१ जना स्रष्टाहरूको उदकलाइ समेटिएको छ ।

उदक अभ्यास ः भाग ११
लेख्नुपर्ने उदक सङ्ख्या ः १
प्रशिक्षक ः आर्त अकुलीन
मिति ः २०७८-०४-२३ गते शनिवार
सहभागी सङ्ख्या ः ७१ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध थियो । सहभागी सम्पूणर्मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।

-आर्त अकुलीन


जङ्गल
घरबारी खेतखारी
आँगनीमा सुनको थाली !
✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

 


बाँझियो
उर्वराशील खेत
युवा विदेश गएर !
✍️ राजकुमार राजभण्डारी, मध्यपुर ठिमी-५, भक्तपुर

 


हरियाली
वन पाखा
झल्कियो प्रकृति आँखामा !
✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु


पाखो
सुन्दर हरियाली
पहाडी ग्रामीण परिवेश !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

 


उकाली
हरीया खेत
सुगन्धित नेपाली माटो !
✍️ बलराज गिरी, कैलाली


गाउँ
प्यारो ठाउँ
सुन्दर जताततै हरियाली !
✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली


पहाड
शान्त वातावरण
हरियाली वन पाखा !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली


हराभरा
खेतका गरा
पहरा छहरा कन्दरा !
✍️ रामकृष्ण दुवाडी, पोखरा


पहाड
खेतका गह्रा
सुन फलाउने सपना !
✍️ आर्त अकुलीन, कैलाली

१०
हराभरा
प्रकृति गरागरा
बाँच्छ किसान बरा !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

११
प्रकृति
प्यारो जन्मभूमि
मुटुमा राखी सजाउ !
✍️ ईश्वरी अधिकारी, लमजुङ

१२
किसान
उर्वर भूमि
बाँच्छ खुशी चुमी !
✍️ पूणर्बहादुर श्रेष्ठ ’हृदयङकृत’, पनौती-३, काभ्रे

१३
नेपाल
पहाडी खेती
योग्य उर्भर भूमि !
✍️ सुमित्रा पोखरेल, पाल्पा

१४
जीवन
प्राकृतिक सुन्दरता
सुन्दर भविष्यको सपना !
✍️ निर्मल पराजुली, काठमाडौं

१५
लेक
चिसो जमिन
शुद्ध हावा पानी !
✍️ रविन भण्डारी, कानेपोखरी-२, मोरङ

१६
पहाड
पसिनाले सिञ्चित
अर्गानिक अन्नको भण्डार !
✍️ राम न्यौपाने, कैलाली

१७
हरियाली
सुन्दरताको खेती
आफ्नै पाखा पखेरो !
✍️ खेमराज पुरी, कैलाली

१८
गाउँ
स्वर्गीय आनन्द
श्रम पसिनाको सदुपयोग !
✍️ एस बी देशभक्त , दाङ

१९
खेतवारी
जीवनको आधार
हरियाली घर जमीन !
✍️ नवराज भट्ट, महेन्द्रनगर

२०
पहाड
पखरोमा खेल्छु
गरामा पसिना फलाउँछु !
✍️ पशुपती राई, काठमाडौँ

२१
माटो
बारीको पाटो
रोप्दा फल्छ आँटो !
✍️ तोयानाथ सुबेदी, काठमाडौँ

२२
सुन्दर
संसार खेतमा
घरमा बस्ने रातमा !
✍️ नारायण कोइराला, तानसेन पाल्पा, हालः यूएई

२३
सुन्दर
हरियाली फाँट
सुन फलाउने गह्रा !
✍️ सीता अधिकारी, सिमरा, बारा ।

२४
सेरो
पाखा पखेरो
बाँच्ने आधार मेरो !
✍️ बलराज भाट, कैलाली

२५
घर
सुन्दर हरियाली
कठोर श्रम गह्राहरूमा !
✍️ समुन्द्रा शर्मा, सुनसरी

२६
सुन्दर
ग्रामीण परिवेश
धनीले हेपेको ठाउँ !
✍️ नारायण खनाल, भूमिकास्थान-१,अर्घाखाँची

२७
बाँझो
पहाडी खेत
परदेशमा कठिन श्रम !
✍️ शिव खनाल जीवम, रुपन्देही

२८
टारीमा
सुन हीरा
फल्छ हाम्रो बारीमा !
✍️ तिला लेकाली, मोरङ

२९
पसिना
थोपा थोपा
खाँचो छ ताँरीखेतमा !
✍️ रामबहादुर चौधरी, कैलाली

३०
खेतबारी
बाँझै छोडी
युवा देश पारि !
✍️ लोकेश मधुकर खनाल, लम्की, कैलाली

३१
रमणीय
पहाडको काखमा
प्रकृतिको सुन्दर छटा !
✍️ वासुदेव ठकुरी, काठमाडौँ

३२
सुन्दर
हरियाली मनोहर
सम्पन्न घर देश !
✍️ पुष्पा सायरा, विराटनगर

३३
स्वर्ग
बसेको टक्रक्क
आहा! सुन्दर सर्लक्क ।
✍️ बिके माकजू , भक्तपुर

३४
छहारीमा
शीतलता हुने
राम्रो मान्छेको सङ्गतमा !
✍️ सुशीला पौडेल

३५
सम्पत्ति
आनन्दमय जिन्दगी
देश विकासको सम्भावना !
✍️ टेकप्रसाद कटेल, काठमाडौँ

३६
पहाड
बाँझो बारी
मिलेर बनाउँ हरियाली !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

३८
वर्षायाम
खेतबारी बाँझै
उजाड किसानको मन !
✍️ मञ्जु बस्नेत, खोटाङ

३९
भिरपाखा
बाँझा खेतहरू
फलाए फल्छ सुन !
✍️ ललित पौड्याल, मोतिपुर, कैलाली

४०
बाँझियो
जम्मै खेतबारी
यसपाली वर्षा नहुनाले !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

४१
छोरा
विदेशी भूमिमा
बाँझो जमिन यहाँ !
✍️ तेजप्रसाद खनाल, दाङ

४२
गह्रा
पहाडका खेत
जीवन जिउने आधार !
✍️ ओमप्रकाश मदुवा, जानकी-६, धर्मापुर कटान, कैलाली

४३
माटो
जीवन धान्ने
प्रकृतिलाई सर्वेसर्वा मान्ने !
✍️ सविता के.सी., काठमाडौँ ।

४४
पाखापखेरो
छोडेर तराई
उता खेतबारी बाँझै !
✍️ पूणर्प्रकाश पौडेल, मोतीपुर, कैलाली

४५
असारमा
खेतमा पियारी
मङ्सिरमा भरिन्छ भकारी !
✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली

४६
बारी
उर्वरा माटो
सुन फलाउने आशामा !
✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ

४७
आहा
प्राकृतिक सौन्दर्य
स्वच्छ भूमिमा घर !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

४८
खेती
श्रम लगानी
उब्जनी कम देखिने !
✍️ भाजुराम के.सी., धादिङ

४९
खेत
हरियाली वातावरण
सुन्दर आकर्षक केन्द्र !
✍️ रामसुन्दर थारु, कैलाली

५०
खेत
मानो रोपेर
मुरी फलाउने समय !
✍️ अनुग्रह राना मगर ’पुष्प’, संखुवासभा, हालः मलेसिया

५१
हरियाली
पाखा पखेरा
सुन्दर साउन महिना !
✍️ साहित्य सहयात्री, रुपन्देही

५२
सम्पूणर्
प्राकृतिक दृश्य
परिश्रम फुलेको स्वणर्मय !
✍️ उर्मिला पन्त पाण्डे, काठमाडौँ

५३
स्वर्ग
धर्तीको टुक्रा
नेपालीको भौगोलिक परिवेश!
✍️ हिमाल अम्मै, कैलाली

५४
गह्रामा
जीवन निर्वाह
गास बास कपास !
✍️ रोशन पराजुली, धरान

५५
पहाडी
जीवन कठीन
पाखो ओरालो भिरालो !
✍️ गोपालप्रसाद पौड्याल

५६
सुन्दर
हरिया डाँडा
एक्लो सानो घर !
✍️ विजया घिमिरे, जनकपुर

५७
माटोमा
परिश्रमको बिउ
फुल्ने फल्ने आशामा !
✍️ सावित्री अधिकारी, काठमाडौँ

५८
शून्यतामा
सुन्दरता विचित्र
एउटा स्वर्गको टुक्रा !
✍️ हृदय लेकाली, भैरहवा

५९
माटोको
इज्जत हुन्छ
मान्छेको चरित्र जस्तै !
✍️ विक्रम शिशिर, कोहलपुर

६०
दिनप्रतिदिन
बाँझिदै गएका
सुन फल्ने गह्राहरु !
✍️ रामचन्द्र भट्टराई, पोखरा

६१
पहाडी
गरामा हरियाली
खुशी सपना सङ्गाली !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

६२
जमिन
उर्वर भूमि
हाम्रो देश नेपाल !
✍️ खड्गबहादुर गुरुङ कैलाली

६३
प्रकृति
सुन्दरताको खानी
गाँस बासको राजधानी !
✍️ लता पौडेल, हालः इलाम

६४
घर
खाली भए
जमिन बाँझै रहे !
✍️ घनश्याम पौडेल, पोखरा

६५
कल्याण
पहाडको फेदीमा
खेतीयोग्य हेर्दै रमाइलो !
✍️ पद्युम्न चालिसे, भक्तपुर

६६
माटो
व्यर्थको बन्धन
कमाउँने किन्ने खाने !
✍️ कणर् थापा, कैलाली

६७
झुपडी
गरीबको महल
जीवन जिउने आधार !
✍️ विनय तामाङ, भक्तपुर

६८
धरामा
स्वर्गिय आनन्द
सुन फल्छ गह्रामा !
✍️ प्रभादेवी पौडेल, चितवन

६९
आँटमा
ठडियो घर
सजाउँदै सपना फाँटमा !
✍️ केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा

७०
पहाड
सुन्दर हरियाली
घर खेत खुसीयाली !
✍️ कविता आचार्य, कैलाली

७१
डाँडापाखा
स्वदेश मेरो
सुनौलो हरियो भण्डार !
✍️ टीकाराम जोशी, कैलाली


सम्बन्धित शीर्षकहरु

गाजा: राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्यले गाजा पट्टी कब्जा गर्न र त्यहाँका जनतालाई पुनर्स्थापना गर्नका लागि दिएको धक्का प्रस्तावलाई बुधबार…

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

प्रतिकृयाहरू
...