Monday 26th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २९


गजल
###
बहरे खफिफ
फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन्

हिड्न खोजे बाटो नराम्रो रहेछ
चढ्न खोजे भर्‍याङ चिप्लो रहेछ।

शून्यता छाएको छ मस्तिष्क भित्रै
लाग्छ मेरो जीवन अनौठो रहेछ।

एक अर्काको साथ चाहिन्छ, जहिल्यै
जिन्दगी एक्लै बाँच्न गाह्रो रहेछ।

वास्तविकता नै बुझ्न खोज्दैन मान्छे
काल्पनिक मात्रै बन्न खोज्दो रहेछ।

सम्झिएको बेला तिमी दूर हुन्छौ
सोच्छु हाम्रो सम्बन्ध काँचो रहेछ।

-धर्मिला कार्की
महाराजगञ्ज – ३, काठमाडौं


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...