Monday 26th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २८


तिम्रो सामु अप्सराको, रुपै पनि कम छ सानु।
झनै माया पिरतीमा कति धेरै दम छ सानु ।

असल बानी ब्यवहार,ज्ञान,सीप,बुद्धि विवेक,
तन, मन, बोली, बचन, सबै अनुपम छ सानु।

युगौँ युग हुने गरि, एक अर्कामा नाता साइनो,
सम्बन्धलाई गाँसिदिने,तिमिसङ्ग गम छ सानु।

सुन्दर शान्त बिशाल त्यो,दिलभित्र स्वतन्त्र भै,
बस्न पाउँदा सधैंभरी यो मन अति रम्छ सानु।

दुनियाँको सामु हजुर,असल राम्रो नमुना त्यो,
चखेवाको जस्तै अब हाम्रो जोडी जम्छ सानु।

 

कालिन्चोक गा. पा ८ सुनखानी,
दोलखा,बागमती प्रदेश ।
(रचना २०७८/०४/२२ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...