Wednesday 14th October 2026

भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर


 महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन शुरु गरिएको छ ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको हो ।महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढे लेखेको बुद्धिजीवी व्यक्तिहरु बस्नु हुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नु हुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’ महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...