Wednesday 21st January 2026

भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर


 महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन शुरु गरिएको छ ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको हो ।महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढे लेखेको बुद्धिजीवी व्यक्तिहरु बस्नु हुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नु हुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’ महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...