Monday 30th March 2026

महाधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग


नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन् । यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ ।

बिहीबार सुरु भएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो । वरिष्ठ नेता नेपालले पनि आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् ।अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो । जुन बैठकमा नेपाल समूह उपस्थित थिएन ।

नेपाल पक्षको बिहीबारको बैठकले भने ओली पक्षको निर्देशन रोक्नुपर्ने माग गरेको हो । वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ । नेपाल पक्षका नेताहरुले अधिवेशन प्रक्रिया रोक्न कार्यदलका ओली पक्षीय नेताहरुसँग आग्रह गरेका छन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...