Wednesday 14th October 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – ४


तिमीले पठायौ र पो याद आए ।
परेली भिजाएर अड्डा जमाए ।

सुसेली बजाएँ कसैको खवरमा
नयनले उसैको इशारा लगाए।

रमाई,लजाई सुटुक्कै पसेछौ
मनै यो उघारी सकारै जनाए।

कसैले भनेथे न बिर्से पथैमा
कहाँ छुट्न दिन्थे र दिलमै सजाए।

मलाई जलायो कसैको गुनैले
म बैरी कहन्थेँ उनैले बचाए।

© लक्ष्मी स्मृति,बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...