तिमीले पठायौ र पो याद आए ।
परेली भिजाएर अड्डा जमाए ।
सुसेली बजाएँ कसैको खवरमा
नयनले उसैको इशारा लगाए।
रमाई,लजाई सुटुक्कै पसेछौ
मनै यो उघारी सकारै जनाए।
कसैले भनेथे न बिर्से पथैमा
कहाँ छुट्न दिन्थे र दिलमै सजाए।
मलाई जलायो कसैको गुनैले
म बैरी कहन्थेँ उनैले बचाए।
© लक्ष्मी स्मृति,बिराटनगर-५