Saturday 26th September 2026

महामारीपछि साउदीबाट ४६ हजार नेपाली फर्किए


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम एरलाइन्स गरी चार्टर्ड उडानद्वारा स्वदेश फर्किएका हुन् ।

हालसम्म ४६ हजार १ सय ३५ नेपाली स्वदेश फिर्ता भइसकेका छन् । साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावासको सहयोगार्थ साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा साथै भिषा नविकरण नगरेका २ हजार ४२ जना नेपालीलाई वहिर्गमन भिषा उपलब्ध गराएको छ।

दूतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरणका लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक बिवरण सहित अनलाईन फारमको व्यवस्था गरेको छ भने पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ। साथै विभिन्न कारणले मृत्यु भएका ४२ शव अझै नेपाल पठाउने तयारी गरिएको छ ।

रियादस्थित दूतावासका अनुसार हालसम्म १ सय १३ नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाभाइरसबाट हालसम्म साउदीमा कुल ५ लाख २६ हजार ८ सय १४ जना संक्रमित हुनुका साथै ८ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । तर ५ लाख २६ हजार ८ सय १४ जना निको भएका छन्। साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...