Wednesday 16th September 2026

दश स्रष्टाका उदकहरू


पूर्णिमा
चन्द्रमाको यौवनता
चम्किँदै रातमा रौनकता !

औंसी
पूणर्िामाको उल्टो
अँधेरी रातको घुम्टो !

आमा
धर्तिकी जननी
छिनाल्दै आमाको कन्दनी !

– टीकाराम पुन मगर


संवाद
मौसमी सधैँ
लिखाको बोसो काढ्नेहरू !

गुरु
प्रदीप्त बत्ती
फैलाउने चेलामा शक्ति !

साउन
फेरेर फरिया
जताततै देखिएका हरिया !

– केशवप्रसाद ढकाल ’प्रीतबीज’


सोमबार
निराहार व्रत
सुख शान्ति अपार !

व्रत
भक्ति साधना
मनोरथ पुणर्ताको कामना !

साउन
पर्वको महिना
उमंग खुसीले रमाउन !

– वसन्त अनुभव


चुरा
पोते हरिया
नारीका श्रृङ्गार पूरा !

प्रकृति
ऐले उर्वरा
अवनी जस्तै नारी !

श्रावण
कर्कट राशी
श्री सुर्य दक्षिणायन !

– मधुसुदन प्रसाद घिमिरे

 


धड्कन
मुटुको चाल
विपदमा उर्लिन्छ छाल !

सिरानी
शीरको साथी
दिएर आराम राती !

पहाड
कलकल झरना
मेटिन्छ जलले तिर्सना !

– सरस्वती श्रेष्ठ, रुपन्देही


क्षमता
क्षितिज पारी
सबै अबुझ प्राणी !

माया
जननी जन्मभूमि
मेरो पाल्पा गौरव !

बतास
श्रीनगर पाल्पाको
सररर चिसो निरन्तर !

करुवा
पाल्पालीको शान
अभिमान अभिवादन मान !

– सोमनाथ लुइटेल ’रवि पाल्पाली’


भाग्य
धूमिल सपना
जिन्दगी जिउने बहाना

पीडा
जलेको दिल
हरपलको मेरो साथी !

रिस
मनको आवेग
सुमधुर सम्बन्धको हत्यारा !

– केशब न्यौपाने


समय
अविरल यात्रा
परिस्थिति बाधा अवरोध ।

चाडपर्व
आउछन् क्रमशः
तीज दशै तिहार !

नेपाल
प्रकृति भण्डार
हिमाल पहाड तराई ।

– समुन्द्रा शर्मा


पहिचान
बुढापाकाको शान
जीवन्त गुणस्तरीय अभिमान !

परिस्थिति
समयानुकुल सहजकर्ता
लाहुरेको जीवन्त उदाहरण !

परिमार्जित
सुनौलो बिहानी
गतिशील योग्य सन्देश !

– ईश्वरी अधिकारी


साइनो
आत्मिक भाव
सम्बन्ध पानीको फोका !

जमिन
उर्वर मातृभूमि
विभिन्न किसिमका च्याउ !

पारिजात
सेतो वनकुसुम
वरिपरि मिठो वासना !

– आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...