Wednesday 16th September 2026

लघुकथाः सत्ता – नारायण कोइराला


कार्यालय पस्ने बितिकै मलाई अनौठो अनुभव भयो।सधै जसो दिक्दार मान्ने कुर्सी टेबल मलाई सम्मान गरेको अनुभव भयो।

कुर्सीमा थ्याच्च बसे।अगाडिको ल्याप्टप पनि मुसुमुसु हासेको जस्तो लाग्यो। ल्याप्टपको स्क्रिन चम्किएको अनुभव भयो।

— “होइन यिनीहरू किन खुसी छ्न।” म बुझ्ने कोसिस गर्दैथिए।
— “यो पेन पनि खुसी नै देख्छु त।”के भयो आज सबै कार्यालयको सामानलाई।
— टेबलमा भएको एउटा पत्र खोले,” त्यो देख्ने बितिकै मेरो पनि खुसीको सीमा रहेन।”

अर्को दिन बिहान आत्तिँदै कार्यालय जान कुददै थिए।कालो बिरालो अगाडि आयो। म त्यो दिन अशुभ संझिए।अनि कार्यालय गइन।बिरालोलाई गाली गर्दै घर बसे।

तेस्रो दिन कार्यालय पुग्दा,”टेवल ,कुर्सी,पेन ल्याप्टप म सग आगो झैं रिसाए जस्तो लाग्यो।”म टेबलमा राखेको पत्र खोजें। पत्र नै फेला परेन। ढोकामा ढक ढक आवाज आयो।मैले ढोका खोले।मेरो हातमा अर्को पत्र पर्यो। म एकछिन अत्तालिए।

म मन्त्री हुनबाट वञ्चित भएछु। म सोचिरहे,”दोषी को?बिरालो, म अथवा परिवर्तन भईरहने सत्ता।”

नारायण कोइराला
तानसेन पाल्पा
हालः युएइ।


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...