Wednesday 21st January 2026

९ नारी स्रष्टाका षडऋतुहरू


षडऋृतु

१)बुध्दलाई चिनौ
गुनौ बुध्दलाई
चार आर्यसत्य
लिई ज्ञान हामी
जीवनको मार्ग
सफल बनाऔं

२)पन्चशील लिई
बनौं सदाचारी
लोभ मोह त्यागी
फाली क्रोध व्देष
ज्ञान ज्योति बाली
फालौ मन मैल

३)सिध्दार्थ गौतम
गए गृहत्यागी
वोधिवृक्ष मुनि
पाए वोधीग्यान
दुःख मुक्तहुने
दिए पैलो शिक्षा

धर्मी शाक्य
बुटवल रुपन्देही

 

युवती छ्न्दमा षडऋतुहरू

१)जवाफ मनमा
रवाफ धनमा
संसार जनमा
अपार ममता
भनेर समता
छ हेर रमिता

२)जिएर पिरमा
लडेर भिरमा
छ चोट शिरमा
भनेर सबमा
हुनेछ हलका
कुरा नि फलका

३)बढेछ गरिमा
छरेर महिमा
सुकेछ झरना
हिमाल खजना
सदैव हरियो
सुवास छरियो ।

४)बनेर उमङ्ग
कलाको तरङ्ग
पसेछ दिलमा
हृदय भरङ्ग
अनन्त रविका
अपार कविका

सीता बिष्ट कार्की ( सीबिका)
काठमाण्डौ

 

सावन बिशेष

१)लगाएछु मैले
हातैभरी चुरा
सावन महिना
रमाकोछु मत
शिव खुशी पार्न
गरे पुजा पाठ

२)सावन महिना
बर्षेको छ झरी
बलेसिको पानि
झरेकोछ कति?
नफ्याकौ है रत्ति
भरौ घैटा भरी

३)सावन महिना
माछा मारी ल्याई
पोलि नदी छेउ
हामी साथी भाइ
बाडि चुडि खायौ
कति मिठो भाको

गङ्गा अभिलाषी
भैरहवा

 

तीन षडऋतु

१. हरियाली वाग
थरिथरि पुष्प
डाक्यौ निम्ता दिई
सुवासना छर्दै
भित्र पस्दा कस्तो
ननिस्किउँ जस्तो

२. मिठोमिठो वास्ना
थरिथरि रङ्ग
कहिले यो फूल
कहिले त्यो फूल
चाहार्न पाउँदा
मन भयो दङ्ग

३. आकाशकी रानी
मायाँकी ऊ खानी
धर्तीमा आइछिन्
शुर्यलाई देख्दा
लाजले पो हो कि
भुतुक्कै भइछन् ।

🍀🌻🌷
विष्णु भण्डारी आचार्य
बेलबारी न पा मोरङ🍀🥀

 

षडऋतुहरु

सत्य बोल्दाखेरि
मन खोल्दाखेरि
नराम्रो नमान
बोलीले नहान
तथ्य खोल्नै पर्छ
सत्य बोल्नै पर्छ !

आशा कम राखौं
कर्म प्रति लागौ्
सहि कर्म गरे
सधैं लागि परे
लुक्ने छैन तथ्य
प्रष्ट हुन्छ सत्य !

सुधा बाँस्कोटा ढकाल
काठमाडौं

१)मकै नि पाइन्छ
खाजा नि खाइन्छ
कति पिर मान्नु
टिका नि लाइन्छ
धपाउने रोग
नगरौ है शोक

२)यो महिनामा
जताततै पानी
भदौ महिनामा
मकै पोलि खानि
असोजमा फेरि
टिका लाउन जानि

३)प्रोटिन पाउन
गेडागुडी खाउ
धर्म कर्म गर्न
काशितिर जाउ
साथिहरु मिलौ
झोला पनि भिरौ

रमा पन्त
पाल्पा , तानसेन

 

मित्रता दिवस विशेष षडऋतु

मित्रता दिवस
विशेष दिन यो
मानव मनको
जोडेर नाता त्यो
सहयोगी मित्र
सधै मन भित्र ।

अरूको घर भा‘ड्ने
बाटोनै छेकेर
रमिता गरेर
मेरै ऊ भनेर
बन्दैन साथी
नामनै गनेर ।

इन्दिरा देवकोटा , कपिलवस्तु

 

१)रसिलो जवानी !
भनेको नमानी !
आंशू को बिहानी !!
साउने झरी को !
भंगेरी चरी को !
छ हात भरीको !!

२)समातेर हात !
डूलौं साथ साथ !
पिरती को मात !
जिवन एक ज्योति !
न हिरा न मोती !!
फगत एक् धोती !!

३)गरें धन्यवाद !
भएँ म आबाद !!
म लड्छू समात !’
छ स्वर टपोरी !
न बाटी न कोरी !!
बरू छू म गोरी !!

४)महूं नि द्वारिका
अंगालो भरिका
यहि हो तरिका
हाँसेर बसेकी
कम्मर कसेकी
झण्डै ले खसेकी !’

द्वारिका कुइकेल
काठमाण्डौ

 

चार षडऋतु

१.
घर हो तराई
नठान पराई
हाते मालो गरौं
मिली अघि सरौं
गर्नु पर्छ केहि
फुल फुल्छ यहिँ ।

२.
ओढेको छाताले
जोडेको नाताले
भलो हुन्छ हाम्रो
सोँच्नु पर्छ राम्रो
मिलन मिठो हो
बिछोड तितो हो ।

३.
घर हो बटौली
राम्री भै बसौली
मनको रहर
सुन्दर शहर
कस्को मान्नु डर
पर्नु पर्छ भर ।

४.
जय भोले नाथ
कृपा गर सधैं
गर्छौं तिम्रो भक्ति
मनमा छ शक्ति
ईच्छा यो हजार
कस्तो हो बजार ।

शुचिता काफ्ले ।
सुकेधारा काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...