तीतोपाटी – “सन्तान” शीर्षक अन्तर्गत यस पोष्टमा २१ जना स्रष्टाहरूले रचना गरेका उत्कृष्ट टुक्का कविताहरूलाइ प्रस्तुत गरिएको छ ।
१.
काखमा सन्तान खेलाउँने नारीलाई रहर,
नौँ नौँ महिना सहन्छिन् सजिलै असह्य कहर।
२.
सन्तानको महत्व बाँझो कोखलाई सोध,
समाजको तीखा बाणले कस्तो हुन्छ बोध।
३.
खाइ नखाइ आमाबुबाले उच्च शिक्षा दिलाउँछन्,
पखेटा लागे पछि पाल्नु पर्ला भनेर डराउँछन्।
४.
सबैका सन्तान बनुन् बुढेसकालको सहारा ,
कसैले भन्न नसकुन् ति बुढाबुढी कर्महारा ।
५.
तातो ताते जसरी सिकाएथे ति आमाबुबाले,
सहारा चाहिंदा नभनुन् सताए बुढीबुढाले।
– शर्मिला श्रेष्ठ, ललितपुर
हाल परदेश
२
१.
भोकै प्यासै भई बचाउँछिन् ती आमाले सन्तानको मायालाई,
ज्यानै जाओस् छेउ पर्न दिँदैनन् बुबाले अभावको छायाँलाई।
२.
भगवान् हुन् ती बुबाआमा प्राण भरे हाम्रो,
आफू भोकै बसी सन्तानलाई दिए राम्रो।
३.
हुर्काइ बढाइ संस्कार सिकाइ सक्षम बनाए,
सारा जीवन सन्तानको पिर र चिन्तामा खनाए।
– ताराप्रसाद चापागाई
धुनिबेशी न.पा-९ धादिङ
हाल काठमाडौं
३
१.
दुनिया हाँसे, जब तिमी पहिलो पटक रोयौ,
परे दङ्ग जब तिमीले बा आमाका आँखा धोयौ।
२.
साउनका झरी जस्ता बगेका आँखा ओभाउँदै गयो,
जब मेरो कोखमा लक्ष्मी स्वरूप कन्याको वास भयो।
३.
दाहिने हात बनेकी छिन् छोरी मेरी,
राख्छु सधैँ हृदयको कुनामा बेरी।।
४.
आज आँगनमा बनेका शोभा भोलिका खम्बा यो देशमा,
यस्तै सन्तान चाहिन्छ सह्माल्न जुनसुकै परिवेशमा।
— पौडेल विमुन्स, पोखरा
४
१.
अचम्मको रहेछ मायाको डोरो,
तलैतिर मात्र बग्छ एकोहोरो।
२.
बाउ आमाको माया सन्तानमाथि,
उ खोज्दै हिड्छ प्यारी जीवन साथी।
३.
सानोमा छककदा मर्लान् कि भन्ने डर,
बुढ्यौलीमा पाल्ने छैन केही भर।
४.
बाह्र छोराका तेह्र नाति,
दुख पर्दा ऊ नै नजाती।
— घनश्याम पौडेल, सृजना चोक, पोखरा
५
१.
उहिलेका पितापुर्खा थिए ध्यानी ज्ञानी ,
अहिलेका पुस्ताहामी गर्छौं मनोमानी ।
२.
सन्तानले डाँडाकाँडा ढाकुन् भन्थे जीजु बा ले ,
दुईटा बच्चा भएपुग्छ भन्छन् अहिलेकाले ।
३.
सन्तानको हेरचाह गर्नु रखवारी ,
बुढ्यौलीमा उनैले नै दिने हुन् कि तारी ।
४.
अंश खाने वंश धान्ने सन्तानको कर्म
दिवंगत पितृ मान्ने मूल मर्म धर्म ।
– रामकृष्ण दुवाडी, पोखरा ।
६
१.
नानीलाई हौसला दिनु पुग्छन् लक्ष्यमा,
एकदिन गनिनेछन् अवश्य दक्ष्यमा ।
२.
छोराछोरीलाई बोट विरुवाको साथमा,
आफैंले कुटो लगाइदिनोस् गोड्ने, काँधमा।
३.
सन्तानलाई आफ्नो माटो चिनाउने,
दिलमा विचलित सोच घटाउने ।
४.
नानी बाबुहरूलाई सीप सिकाएँ,
योगको महत्त्व उनलाई बुझाएँ।
-भगवती साधिका , दमक-५ झापा
७
१.
आमाबाबु दुई आँखा सन्तान तिनको नानी,
सन्तानकै निमित्त खट्दछन् सारा जिन्दगानी ।
२.
आफ्नो पेट काटीकाटी सन्तानको पेट भर्छन्
बढे हुर्के तिनै सन्तान भुइँफुटा झै गर्छन् ।
३.
सन्तानको खुसी सुख नै हो बाआमाको लक्ष्य,
जिम्मेवार होउन् सन्तति आफ्नो काममा दक्ष ।
४.
सानै हुन्छ सन्तान त जति हुर्के बढेपनि,
बाआमाका निम्ति काँचै हुन्छ जति पढेपनि ।
– वसन्त अनुभव , घोराही उ.म.न.पा. १४, दाङ
८
१.
आफूले नजाने भनेको मान्नू,
विशिष्ट सम्पति सन्तान जान्नू ।
२.
घर कुलको इज्जत भाग्छ,
सन्तान नहुँदा दैलो लाग्छ ।
३.
सकिदैन जानौँ मायाको खानी,
सन्तान सबैको आँखाका नानी ।
४.
बाबुआमा गुरु ठान्ने परम्परा हाम्रो ,
सन्तानको माया नै हो दुनियाँमा राम्रो ।
– केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
९
१.
हे आमा हरि नाम सम्झिनु होस भन्ने छ छोरो भए
गर्ला काजक्रिया पछाडि उसले आफू मरि गै गए ।
२.
सन्तोष हुदैन मनमा सन्तान छैनन् भने केही
पालन तालन कस्ले गर्ला र को पिण्ड डुब्छ त्यही ।
– तारा घिमिरे,संखुवासभा
१०
१.
गर्छन् काम काँधमा लिएर अभिभारा,
होला कि सन्तान भोलि भनेर सहारा।
२.
पढाउँछन् र बढाउँछन् दुःख गरेर,
उज्वल होस् भविष्य सन्तानको भनेर।
–लालीमाया थापा मगर, प्यूठान
११
१.
सन्तान प्रति माया प्रेम भरपूर गरौं,
शिक्षा दीक्षा बुद्धि विवेक उमेरमै भरौं ।
२.
पगालेर मन मुटु कर्मशील बनाऔं,
कठोरता त्यागी सबै मित्रभाव जनाऔं ।
३.
सबै बनुन् छोराछोरी प्रेमभावका खानी,
दुःख पीडा सधैं बुझ्ने असल तथा ज्ञानी ।
४.
आदर, सत्कार,शिष्टताको पाठ सिकाऔ,
सिर्जनशील समाज निम्ति ज्ञान फिजाऔं ।
– त्रिलोचन भण्डारी, मेचीनगर ,झापा
१२
१.
जन्माएर सन्तानलाई हुर्काएर बढाएर,
योग्य बनाउनु छ तिनलाई धेरै पढाएर!
२.
सन्तान यिनै हुन् हामीलाई बुढ्यौलीमा पाल्ने,
मर्दा हामीलाई संस्कारको दाग बत्ती बाल्ने!
३.
सन्तान हाम्रा छोरा-छोरी दुई आँखाका नानी,
सिकाउनु पर्छ हामीले सधै असल बानी!
४.
सन्तानलाई साथी जस्तै ब्यहवार गर्ने गरौँ,
सुमार्गको लागी तिनलाई ज्ञान र बुद्धि भरौँ!
✍नवशिला
बेलबारी -२, लालभित्ती,मोरङ
हालः गोदावारी , ललितपुर
१३
१.
सन्तानलाई हामी सधैं दिऊँ असल शिक्षा,
नत्र भने भौतारिँदै हिड्नुपर्ला मागी भिक्षा ।
२.
सन्तान असल भइदिए बाबुआमा पाल्छन् ,
तिनै खराब भइदिँदा भीरमा लगी फाल्छन् ।
३.
सन्तानलाई राम्रो शिक्षा दिनुपर्दछ पहिल्यै,
उचित संस्कार नभएमा रुनुपर्छ जहिल्यै ।
४.
कुरिती, कुसंस्कारमा राख्नुहुन्न सन्तान अल्झाएर,
अनुकूलता आफ्नो खोज्दा मुटु दुख्ने गर्छ बल्झाएर ।
– लक्ष्मी घिमिरे दहाल ( दमक -७, झापा)
१४
१.
मातापिताको रगतको, तिमीे नै त हौ एक अंश
अगाडि बढाउने तिमीले हो, परिवारको वंश ।
२.
नौ महिना कोखैमा राखी, जन्म दिने आमा
आफ्नै स्तन निचोरेर, अमृत सरि खाना ।
३.
बामे सर्दै हाँस्दै र नाच्दै, घरमा खुशी भरिदिने
सपनाहरु मातापिताको, सन्तानले तिरिदिने ।
४.
सन्तान ज्ञानी बनाउन, आमाबाबुकै हात हुन्छ
ज्ञानी सन्तान भविष्यमा, उडेर एक चन्द्र छुन्छ ।
५.
सन्तान गतिलो भए समाजमा, हुन्छ नाम उच्च
गलत बाटो समाइदिए, बनाइदिन्छ है तुच्छ ।
-गोपालकृष्ण डंगोल, हाल इटहरी, सुनसरी ।
१५
१.
सन्तान भगवान् हुन् सृष्टि हुन् उनै
आधार ती आमा-बाका हुन्नन् कुनै।
२.
मायाँ गर्दै हुर्काउनु पर्छ मायाँ बुझ्नेछन्
बाबु आमा देवता हुन् भन्दै सधैँ झुक्नेछन् ।
३.
लुकाउन सक्छन् समस्या तिनले भए डर,
नजिक ल्याउनू स्नेह नपाएर भए पर।
४.
आमाका मुटुका टुक्रा सन्तान उनका राम्रा
धनी हुन्छ आमाको मन हुन्न ती निम्ति चाम्रा।
– पुष्पा सायरा, बिराटनगर ।
१६
१.
आजकलका सन्तान हेर कति दुष्ट भए,
बाउ आमा आश्रममा छाडी जोडीसककग गए ।
२.
पिता माता दुः ख गरी सन्तान हुर्काउनेर
तिनै पछि ठूला भइ अत्यन्त घुर्काउने ।
३.
बा आमा सन्तानलाई बककाच्ने आधार भन्छनन्
तिनै आफ्ना जन्मदाता कककाधको बोझ गन्छन् ।
४.
सन्तान राम्रा हुन् बा-आमालाई भगवान् जस्तै ठान्ने,
जति दुःख मिलेपनि जीवनमा भाग्यमानी मान्ने ।
– राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
हाल- प्रवास
१७
१.
जन्मायौँ हुर्कायौँ धेरै पढायौँ गाउँ घरको नाम राख,
दुःख कष्ट सङ्घर्ष गरेर जीवनमा सबै यहाँ चाख।
२.
थाहा छ सन्तान नहुँदा बाझो भन्छन् हुँदा घाँडो,
बुढा बाआमा वृद्धआश्रम छोड्छन् यिनै हुन्छन् काँडो।
३.
बाँसका तामा जस्ताछन् मेरा सन्तान भनी हामी गर्व गर्दछौँ,
यी छोरा-छोरीले लत्याउँदा धरधरी रुँदै बसाइँ सर्दछौँ।
४.
सानै देखि हामीले राम्रो शिक्षा दिनुपर्छ,
बाआमा तिर्थ सम्झेर शिर यो पाउ पर्छ।
–कमला हरिमाया पाण्डे पराजुली, झापा
१८
१.
दाहिने आँखा छोरो मेरो – देब्रे आँखा छोरी,
कसले भन्छ फरक ? ञ् उही मुटूको डोरी।
२.
सन्तानमा समानताको बीज रोप्नु पर्छ,
सन्तानको भावनाले असल कार्य गर्छ।
३.
पूर्खा भन्थे सन्तानले डाँडा-पाखा ढाकून,
अब भनौं आमा-बाको सधैँ ख्याल राखून।
४.
जस्तो रोप्यो उस्तै फल्छ प्रकृतिको कानुन,
राम्रो सिकाऊँ-सन्तानले त्यही मात्रै जानून्।
– अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।
१९
१.
सुन झैँ गरि राख्या थ्यौँं काखामा
आखिर पार्यो छोराले पाखामा
२.
फूल झैँ सजाइ राखेर मुटुको कुनामा
काँडा भएर मुटु घोची पार्दै छ रुनामा
— विक्रम वली “नेपाली बाबु”
घोराही -११- दाङ
२०
१.
पहिलेका हाम्रो पुर्खा थिए असल ज्ञानी,
अहिलेका युवापुस्ताले गर्नेछन् मनो मानी।
२.
सन्तान इश्वरका बर्दान हुन्,
उनिहरु आमा र बाबाको जुन।
३.
माया र ममताले सन्तानको पालनपोषण गर्दा,
रेख, देख गर्छन् यिनीहरुले हामी बिरामी पर्दा।
४.
बुढेसकालमा आमाबाबाको सेवा गर्नु धर्म,
अंश खाने र बंश धान्ने सन्तानको ठुलो कर्म।
–शोभा अर्याल, बुटवल १४ रूपन्देही
२१
१.
फुटेका छाला मुसार्न सकूँ मुसुक्क हाँसेर,
गौरवगाथा गाउन सकूँ काखैमा बाँचेर ।
२.
चुकाउन ऋण सक्दिनँ मैले एकएक गनेर,
चम्काउन सकूँ विश्वमा नाम म सपूत बनेर ।
३.
हे वीर नेपाली सन्तान जागौँ लम्कौँ माथि,
चन्द्र र सुर्य अङ्कित झन्डा हो हाम्रो साथी ।
– धनु शर्मा, पोखरा
ःःःःः जय टुक्का ! जय साहित्य !! ःःःःःः