Wednesday 1st April 2026

धर्मिला कार्कीको गजल संग्रह – २८


गजल

###

बहर:-मुजारे मुसम्मन अखरव
मफ्ऊल, फाइलातुन् ×२

डुल्दै छ भाइरस कति पोहोर साल जस्तो ।
सम्पूर्ण विश्व बन्ने भो ब्रह्मनाल जस्तो ।

मानव समाजलाई घरमा थुनेर राखी
यात्री बनेर कोभिड घुम्दै छ काल जस्तो ।

मार्‍यो अकालमा जन, बन्दैछ शत्रु कोभिड
फर्केर फेरि आयो उर्लेर छाल जस्तो ।

पार्‍यो बिजोग कोरोनाले रुवाउँदै मन
ओभाउँदैन आँखा पग्लिन्छ ताल जस्तो

छानेन वर्ग पेशा, जीवाणु रैछ निश्छल
बन्दैन रोग कहिल्यै नेता दलाल जस्तो ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...