Wednesday 21st January 2026

धर्मिला कार्कीको गजल संग्रह – २८


गजल

###

बहर:-मुजारे मुसम्मन अखरव
मफ्ऊल, फाइलातुन् ×२

डुल्दै छ भाइरस कति पोहोर साल जस्तो ।
सम्पूर्ण विश्व बन्ने भो ब्रह्मनाल जस्तो ।

मानव समाजलाई घरमा थुनेर राखी
यात्री बनेर कोभिड घुम्दै छ काल जस्तो ।

मार्‍यो अकालमा जन, बन्दैछ शत्रु कोभिड
फर्केर फेरि आयो उर्लेर छाल जस्तो ।

पार्‍यो बिजोग कोरोनाले रुवाउँदै मन
ओभाउँदैन आँखा पग्लिन्छ ताल जस्तो

छानेन वर्ग पेशा, जीवाणु रैछ निश्छल
बन्दैन रोग कहिल्यै नेता दलाल जस्तो ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...