Friday 26th April 2024

८ नारी स्रष्टाका षडऋतुहरु


सोमराजी छन्द

सुनौलो बिहानी
म हुँ सभ्यताको
म हूँ सिर्जनाको
म मेरै कलाको
म मेरै गलाको
अनौठो बिहानी

यहाँ दिव्य शिक्षा
लिएको छु मैले
बुझेको सुझेको
कुरामा जहिल्यै
नबाझे कहिल्यै
म भन्थेँ पहिल्यै

सितारा भरेको
धुपौरो छ सारी
पछ्यौरा छ भारी
फिँजारी रहेको
जडेको सुनौलो
जुनेली निशाको

इन्दिरा ज्ञवाली पौडेल
तानसेन – २, पाल्पा

 

आशिष मागेर
सन्तोषी भएर
भक्तिनी बनेर
भएर जोगिनी
मन शान्त पारी

दुई दुईबाट
हुन्छ चार साथी
तीन तीनबाट
हुन्छ है नौ साथी
छ छ मिलाएर
बन्छ षडऋृतु

धर्मी शाक्य
बुटवल

 

१.
घर मेरो पूर्व
घुम्नलाई निम्तो
दिएँ मैले साथी
पुर्व र पश्चिम
मायाँ प्रिती गासौँ
रमाएर बाचौँ ।


ऋतुराज घुम्दा
आउला जवानी
जवानीमा डुल्न
आउलान् भमरा
भमरा चिनेर
हात समाउनु

३.
बगैँचामा फूल
त्यो फूल देखेर
मन मेरो भुल्यो
फूलसँग प्रिति
गाँस्न मन लाग्यो

विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ

 

१-
जान्छौ भने जाऊ
फर्केर नआऊ
रोउँला हासुँला
तिम्रो संझनामा
काल आयो भने
स्वीकारुँला पनि

२-
नजाने पनि म
तम्सिएकी लेख्न
भयो भएन खै
भन्नू है सबैले
सिकाउनू अनि
बुझौँला म पनि

३-
सिरीसरी हावा
कलकल पानी
तिम्रो मेरो साथ
फेवाताल काख
रमाइलो हाम्रो
साँचेर नै राख

लता केसी
काठमाडौं – ३२

 

भिजेको परेली
सबसँग खेली
मन दुख्दो होला
तैपनि उजेली
उड्दछिन सधैं
ए मेरी जुरेली!

आकासको पानी
अधुरो कहानी
कहिले आउने
सुनौलो बिहानी
हाम्रो प्रेम भयो
वियोग कहानी

उचाइ छुने मन
गर्छु जिद्दी पन
अब तिमी भन
देशको बिकास
खोज्छु निकास
गर्छु अवकाश

दिला शाह, नेपालगन्ज बाँके

 

केही षडऋतुहरु (सोमराजी छन्दमा)

नजाऊ न टाढा
भयो धेर पीडा
दुखेको छ छाती
मनै दुख्छ राती
म ब्यथा बनें है
अकेलो भएँ है !

नराखौं कहिल्यै
मनैमा खराबी
सफा सोच राखे
नहोला नजाती
विचारौ् सदा नै
बनौं सत्यवादी!

अहा! लौ धरणी
हिमालै छ राम्रो
र आकाश प्यारो
पखेरो छ राम्रो
भए सोच राम्रो
जगत् नै छ राम्रो !

सुधा बाँस्कोटा ढकाल
काठमाडौं

 

छिमेकी भो ठूलो
हाम्रो भूमी धूलो
सीमानामा जाऊँ
का‘डेतार लाऊँ
पिलर सार्दैछ
विरोध जनाऊँ

नपस विदेश
भुलेर स्वदेश
रूवाएर आमा
बेचेर पसिना
फर्कि आऊ यतै
नभूल न त्यतै

हिमाली शीर छ
पाखो र भिर छ
छहरा छा‘गामा
सीतल पवन
पवित्र गगन
शितल जलमा

-इन्दिरा देवकोटा
कपिलवस्तु

 

 

घर मेरो माथि
आऊ जाऊँ साथी
बाबा आमा भेटौँ
प्यार प्यास मेटौ
भक्ति भाव धरौँ
अनि स्वर्गे तरौँ
१।
सुनेँ तिम्रो बोली
लेखेँ बह खोली
तिमी साथ पाए
तर्थेँ होला खोली
भनिदिन्छौ तिमी
सधैँ भोलिभोलि।

जपाौँ हरि राम
होला पुण्य काम
दान धर्म गरौँ
केही गरी मरौँ
सत्य बीउ छरौँ
प्रभु भर परौँ।

षडऋतु देखेँ
के के लेखेँ लेखेँ
गाएँ बल्ल बल्ल
भाव असरल्ल
कस्तो कस्तो भयो
परे अलमल्ल ।

टाढादेखि आयौ
मिठो माया लायौ
भुलेर नजानू
मरी के छ लानू
जाने उहीँ बाटो
छैन मुठी माटो।

चन्द्रावती अधिकारी
लमजुङ हाल कोहलपुर वाँके


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...