Friday 26th April 2024

चीनको हेनान प्रान्तमा बाढी तथा डुबानको कारण ७३ जनाको मृत्यु


तीतोपाटी – मध्य चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।

गत जुलाई १६ बाट शुरु भएको यस भिषण वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्नको लागि पठाएको छ ।

झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...