Wednesday 14th October 2026

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।

मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

माओवादी पृष्ठभूमिका शेरचन पूर्व प्रदेश प्रमुख हुन उनलाइ ओली सरकारले हटाएको थियो भने गुरूङ  चितवन कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।

 


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...