Saturday 20th April 2024

जसपाले महन्थ ठाकुर पक्ष र रेशम चाैधरीलाइ पार्टीबाट निष्कासन गर्यो


तीतोपाटी – जनता समाजवादी पार्टीले महन्थ ठाकुर पक्षलाइ पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै आफ्नो पक्षमा हस्ताक्षर नगर्नेलाई पार्टीबाट निष्कासन गरेको हो ।

मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र निलम्बित सांसद रेशम चौधरीसलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

सोमबार निर्वाचन आयोगमा पार्टी आधिकारिकतामा सनाखत नगर्ने सबैलाई पार्टीबाट निस्कासन गरिएको छ । पार्टीबाट निष्कासन हुनेमा ठाकुर पक्षबाट १६ रहेका छन् । सनाखतमा तटस्थ रहने चौधरी पनि निष्कासनमा परेका छन् ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा सोमबार आयोगमा ३४ सदस्ले यादव पक्षमा सनाखत गरेका थिए ।

पार्टीको आधिकारिकतासम्बन्धी सनाखतका लागि आयोगले उपस्थित हुन बोलाउँदा ठाकुर पक्षले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । पछि सर्वाेच्चले ठाकुर पक्षको विपक्षमा मुद्धाको फैसला गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...