Wednesday 14th October 2026

जसपाले महन्थ ठाकुर पक्ष र रेशम चाैधरीलाइ पार्टीबाट निष्कासन गर्यो


तीतोपाटी – जनता समाजवादी पार्टीले महन्थ ठाकुर पक्षलाइ पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै आफ्नो पक्षमा हस्ताक्षर नगर्नेलाई पार्टीबाट निष्कासन गरेको हो ।

मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र निलम्बित सांसद रेशम चौधरीसलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

सोमबार निर्वाचन आयोगमा पार्टी आधिकारिकतामा सनाखत नगर्ने सबैलाई पार्टीबाट निस्कासन गरिएको छ । पार्टीबाट निष्कासन हुनेमा ठाकुर पक्षबाट १६ रहेका छन् । सनाखतमा तटस्थ रहने चौधरी पनि निष्कासनमा परेका छन् ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा सोमबार आयोगमा ३४ सदस्ले यादव पक्षमा सनाखत गरेका थिए ।

पार्टीको आधिकारिकतासम्बन्धी सनाखतका लागि आयोगले उपस्थित हुन बोलाउँदा ठाकुर पक्षले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । पछि सर्वाेच्चले ठाकुर पक्षको विपक्षमा मुद्धाको फैसला गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...