Tuesday 20th January 2026

कविताः बुझ्ने पाठकको अभाव -अविचल आस्था मणि


शार्दूलविक्रीडित छन्द

बुझ्ने पाठकको अभाव, कविता लेख्नै यहाँ व्यर्थ हो
पढ्दैनन् कविता पसेर गहिरो जो भावमा अर्थको
चल्छन् शैशव कालका कवि सफा, छन् कालका यानमा
पौडन्छन् सुविधानुसार रमिता छन् ज्ञान, विज्ञानमा  ।।१।।

आँखा चिम्म गरेर बस्नु तपसी जस्तै घरैमा बसी
आएका तप भङ्गका नियतले रम्भा तथा उर्वशी
आमाबा मतभेदमा जब गए भन्छिन् खुला मेनुका
पूजा गर्छु पवित्रता छ दिलमा छन् बत्स झैं धेनुका ।।२।।

गर्छौ पाठक नापतौल गर लौ जान्ने कुनै छौ भने
बुझ्ने नाटक कथ्यका विषयमा ज्ञाता कुनै हौ भने
लेख्ने चाख समेत हट्छ कविको, छैनन् भने पाठक
नेपाली गुढ अर्थ शब्द लयको ज्ञाता बनून् वाचक ।।३।।

साँच्चै पाठक छौ कुनै यदि भने, लेख्ने छ स्रष्टा अब
ब्रम्हाण्डेतरका समेत सुविधा तान्ने छ द्रष्टा सब
मिल्छन् कौतुकमा प्रसन्न युवती वामाङ्क राख्ला मणि
रत्नासाथ प्रभाश दीप्ति गहना बन्छिन् तिलस्मी धनी ।।४।।

ब्रम्हाण्डेतर धाम स्वच्छ छ जहाँ तारा अनेकौँ गण
भद्रान्वेष गरेर तत्व सुकिला छन् राम वा रावण
साक्षात् भक्ति परम्परा छ गहिरो आमोदमा अन्वय
आफैं मोक्ष छ प्राप्त दीप्त सुविधा ढोका खुले चिन्मय ।।५।।

 

-अविचल आस्था मणि
म्याग्दे, तनहुँ, नेपाल ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...