Tuesday 20th January 2026

अनुष्टूप् छन्दका पाँच टुक्का कविता -विष्णु दाहाल


१.
बढ्दै छ लोभको मात्रा लोभीको मनमा अझै
जसरी बढ्छ यो देह त्यसरी नै शनै शनै ।
२.
मर्नु नै जन्मिनु हो रे ’मृत्यु’ को परमार्थमा
सोचिन्छ मनले यौटा अर्कै हुन्छ यथार्थमा ।
३.
लोभी मान्छे पिछा लाग्छ रूप फेरी जताततै
छेपाराको प्रतिच्छाया देखिन्छ कि त्यहाँ कतै ।
४.
नष्ट हुन्छ स्वयं मान्छे यौटा मात्रै कुतर्कले
अरुभन्दा म नै ठूलो भन्ने तुच्छ घमण्डले ।
५.
पर्दाले छेक्न खोज्दैमा छोपिन्न मनको बह
कम्प उठ्यो भने भित्र शान्त होला र के दह ?

 

-विष्णु दाहाल,
इनरुवा ५, सुनसरी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...