Monday 30th March 2026

नेपाल समुहका २२ सांसदलाई स्पष्टीकरण:- अपराधपूर्ण कार्य के-कति कारणले गर्नुभएको हो ?


नेकपा एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर प्रश्न गरिएको छ ।

साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? निस्कासन गर्नुपर्ने कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला । जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।पत्रकाे बेहोरा एकैखालकाे भएपनि नेताहरु केही थपघट रहेको बताइएको छ ।
हेर्नुहोस स्पस्टिकरणपत्रमा यस्तो छ 

सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...