Thursday 2nd April 2026

शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने आरोप, मध्यरातमा पक्राउ


बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ । प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् ।

इमेलको माध्यामबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे । त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ ।यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ ।

राज कुन्द्राले आफ्नो कम्पनीका लागि १० करोड लगानी गरेको

मुम्बई क्राइम ब्रान्चका अनुसार राजको विरुद्ध यसै बर्ष फेब्रुअरीमा उजुरी परेको थियो । राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि ८ देखि ८० करोड भारु लगानी गरेको पाइएको छ । राज कुन्द्रा र उनका ब्रिटेनमा रहेका भाईले त्यही केनरिन नामको एक कम्पनी बनाएका छन् । फिल्मको भिडियो भारतमा सुट हुन्थ्यो र ब्रिटेनमा ट्रान्सफर हुन्थ्यो । यो कम्पनी कुन्द्राले नै बनाएको र विदेशमा दर्ता गरेका थिए ताकि भारतको साइबर ल बाट बच्न सकियोस् ।

कसरी पत्ता लाग्यो ?

मुम्बई पुलिसले फेब्रहरीमा अभिनेत्री गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरे । पछि तीन जना अरु पक्राउ परे । उनीहरुलाई कथित रुपमा अभिनेत्रीलाई अश्लिल फिल्मका लागि न्यूड सीन सुट गर्नका लागि बाध्य पारिएको आरोप लगाइएको थियो ।साथसाथै के पनि खुल्यो भने सुट गरिएको फिल्मलाई पेड मोवाइल एप्लिकेशनमा सार्वजनिक गरिएको थियो । यस घटनामा प्रहरीले उमेश कामतलाई पक्राउ ग¥यो । त्यहीबाट प्रहरीले थाहा पायो कि, यो धन्दाभित्र राज कुन्द्रा जोडिएका छन् ।

प्रमाण पुष्टि भए कस्तो सजाय मिल्छ ?

राज कुन्द्राले जुन धन्दा चलाइरहेका छन्, त्यसको प्रमाण प्रहरीसँग सुरक्षित रहेको दावी गरिएको छ । यदि उक्त प्रमाण पुष्टि भएमा राज कुन्द्रालाई कस्तो सजाय मिल्छ ?

यस्तो घटनामा अक्सर आरोपी विरुद्ध आइटी एक्ट र आइपीसीको धारामा केस दर्ता गरिन्छ । यदि अदालतले आरोपीलाई दोषी ठहर गरेमा उनलाई केही बर्षसम्मको जेल सजाय हुनसक्छ । यसका आरोपीलाई पहिलो पटक भारु दश लाख रुपैयाँको जरिवाना र पाँच बर्ष जेल सजाय हुने उल्लेख छ ।पोर्नोग्राफी र पोर्नोग्राफिक सामाग्रीका सन्दर्भमा भारतको कानुन कडा छ । इन्टरनेटको वढ्दो व्यापकता र पहुँचसँगै त्यहाँ आइटी एक्टमा पनि संशोधन गरिएको थियो ।

एन्टी पोर्नग्राफी कानुन

इन्टरनेटको माध्यामबाट अश्लिलताको व्यापार अपार भएको छ । यस्तोमा पोर्नोग्राफी पनि एक ठूलो कारोबार भएको छ । यसमा फोटो, भिडियो, टेक्स्ट, अडियो सामाग्री पर्छ, जुन यौन, यौन कृत्य र नग्नतामा आधारित हुन्छ । यस्ता सामाग्रीलाई विद्युतिय माध्याममा प्रकाशित गर्ने, प्रसारण गर्ने, कसैलाई पठाउने विरुद्ध एन्टी पोर्नग्राफी कानुन लगाइन्छ ।

पुनमसँगको लफडा

त्यसो त यो पहिलो पटक होइन, राज कुन्द्रा विवादित बनेको । यसअघि पनि उनी फन्दामा परिसकेका छन् । उनी बिरुद्ध पुनम पाण्डेले प्रहरीमा उजुरी गरेकी थिइन् ।पुनम पाण्डेले राज कुन्द्राको कम्पनी आम्र्सप्राईम मिडियासँग एक सम्झौता गरेकी थिइन् । यो कम्पनीले भिन्न भिन्नै एप्सको काम हेर्ने गर्छ । र, पुनम पाण्डे राजको कम्पनीको क्लाइन्ट थिइन् ।

पुनम पाण्डेको उक्त एप एक एडल्ट एप हो र राजको कम्पनीले सोही एपको काम हेर्ने गथ्र्यो । साथसाथै उक्त सम्झौत ८ महिना अघि नै सकिएको थियो । तर, सम्झौतापछि पनि राज कुन्द्राले उनको भिडियो र फोटो प्रयोग गरिरहेपछि पुनमले उजुरी गरेकी थिइन् । उनले कुन्द्रमाथि धोकाधडीको आरोप लगाएकी थिइन् । त्यती मात्र होइन, कुन्द्राको कम्पनीले उसको भिडियो र तस्विरको माध्यामबाट पुनमको नम्बर पनि लिक गरिदिएको थियो, जसपछि उनलाई लगातार अश्लिल म्यासेज आउन थालेको थियो ।

पुनमले भनेकी छिन् राजको कम्पनीले आफ्नो तस्विर र भिडियो बेचेर नै पैसा कमाइरहेका छन् । पुनमले के सम्म भनेकी छिन् भने राज कुन्द्रा सायद आर्थिक समस्यासँग जुधिरहेका छन् ।राजले भने यो कुराको खण्डन गरेका थिए । तर, अहिले उनी पक्राउ परेपछि भने पुनमको आरोप मेल खाएको छ ।

आइपिएल विवाद

राज कुन्द्रा पटक पटक विवादित बनेका छन् । त्यसमध्ये आइपिएल विवाद पनि एक हो । उनी राजस्थान रोयल्स टिमका सह मालिक थिए । व्यवसायी कुन्द्राले आइपिएल म्याच फिक्सिङ र सट्टेबाजी गरिरहेको आरोप लागेको थियो । अन्ततः उनलाई सट्टेबाजीको दोषी ठहर गरिएको थियो र क्रिकेटसँग जोडिएको कुनैपनि गतिविधिमा भाग नलिन आदेश दिइएको थियो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...