Sunday 24th May 2026

एघार जना स्रष्टाका शीतहरू


सोम
बार
ब्रत
राख

भोले
बाबा
मुक्ति
दाता

शुभ
दिन
शिब
नाम

जपौं
सबै
बन्छ
काम

कुञ्ज देबी उपाध्याय
शिवसागर, असम, भारत

 

शीत
+++

१.
स्रष्टा
कृति
मीठो
प्रीति

२.
काम
शीर
ठाडो
भीर

३.
घाम
पानी
सुन
खानी

४.
लेक
बेसी
निलो
नदी

५.
नौलो
गाई
धेरै
घाँस

✍️ आर्त अकुलीन

 

शीत

तीर्थ
यात्रा
सिद्रा
बिना

काले
कोठी
आखाँ
माथि

राम
राज्य
सप्न्
लोक

मानो
रोपे
मुरी
पाए

मिलन बोहोरा
विश्वनाथ
असम, भारत

 

🌹शीत काव्य 🌹

पानी
पर्यो
ठुलो
कति

हिलै
हिलो
भयो
सारै

डाहा
हैन
कर्म
गर

मिठो
बोलि
मन
छुने

गुन
सम्झ
राम्रो
गर

🌹रिता खराल , रुपन्देही

 

 

केहि शीतहरु
===
कर्म
गर
लक्ष्य
चुम

छोटो
यात्रा
लामो
याद

कर्म
गरि
नाम
राख

दुःख
गर
दुःख
जीत

मर्नु
सत्य
कर्म
साथ

मन
राम्रो
पद
राम्रो

खुसी
बाँड
खुसी
पाउ

हात
देउ
सँगै
जाऔं

शिव खनाल जीवम्
गल्याङ-९ स्याङ्जा
हाल रुपन्देही ।

शीतहरु

हाम्रो
देश
राम्रो
भेष ।।१।।

बुझौँ
मर्म
गरौँ
कर्म ।।२।।

जान्छु
मरी
केहि
गरी ।।३।।

मानो
रोप
मुरी
फल्छ।।४।।

धर्म
गरे
पुण्य
मिल्छ ।।५।।

सुस्मिता श्रेष्ठ
धादिङ,नौविशे

 

 

विभिन्न किसिमका शीतहरु

नृत्य
शिक्षा
जन
रक्षा

जल
पर्छ
त्राण
भर्छ

शीत
खस्यो
धर्ती
हाँस्यो

मिल्नु
पर्छ
दर्द
टर्छ

आलु
ज्ञानी
मिल्ने
बानी

दामोदर ढकाल “ दीपक“
भोजपुर

 

शीतहरू


सोच
छोटो
मुटु
घोचो


तिमी
जून
सेवा
गुन

घाम
चर्को
लायो
झर्को

चिप्लो
खेल
आफ्नै
झेल

पर्यो
दृष्टि
खण्ड
वृष्टि

चन्द्रकला अधिकारी, पाँचथर

 

 

संकटका शीतहरु

धेरै
वर्षा
ऐले
आयो

बस्ती
डुब्दा
दुःख
पायो

खेत
बारी
भित्र
पानी

पस्दै
धेरै
गर्‍यो
हानि

धर्ती
भरी
रोग
आयो

फोक्सो
चुस्दै
मान्छे
खायो

तोयानाथ सुवेदी
२०७८/०३/०४

 

 

शीतहरु

मकै
भुटे
खाजा
खान

भोक
लाग्यो
खाना
खाए

भोक
अनि
शोक
पनि

उठ
लेख
पढ
सुत

वन
पाखा
घर
काखा

भन
कुरो
बुझ
चुरो

सानो
मति
ठूलो
खति

 

लता के. सी.
काठमाडौं – ३२

 

शीतहरु

काम
गर
बन्छ
नाम

रात
पर्यो
पात
झर्यो

ठेस
लाग्यो
खुट्टा
काट्यो

घन्टी
बज्यो
झुट्टी
भयो

पत्र
दियौं
माया
लाग्यो

सुशिल बस्याल
बगनासकाली ८ पाल्पा नेपाल

 


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायलले सञ्चालन गरेको युद्धलाई लिएर अन्तर्राष्ट्रिय बहस झन् तीव्र बन्दै गएको छ। जनवरी २०२४ मा दक्षिण अफ्रिकाले International Court…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

प्रतिकृयाहरू
...