Friday 19th April 2024

बक्र इदको चटारो, कोरोनाको झटारो


नारायण कोइराला –  “ल साथी हो बक्र इद सुरु भयो अब रमाइलो सँग घुमफिर गर्नुपर्छ । मुस्लिम साथीभाइहरू सँग रमाइलो गर्नुपर्छ भन्ने समय हो यो  तर अहिले यो अवस्था रहेन।” कोरोना सुरु हुनुभन्दा पहिला कस्तो रमाइलो हुन्थ्यो । बिदा सुरु भए देखि नै तयारी सुरु हुन्थ्यो । गल्ली गल्लीमा होहल्ला हुने गर्थ्यो । कस्तो थियो, त्यो दिन।

प्रत्येक गल्लीमा बोकादेखि गोरूसम्म बाँधेर राखिएको अवस्था हुन्थियो । जो बक्र इदमा कुर्वानी गरिन्छ। यो मुस्लिम धर्मको आस्था पनि हो आफ्नो धर्म संस्कार अनुसार रमाइलो गरेको देख्न पाइन्थ्यो । रौनक नै अर्कै थियो । बजार भरी मानिसको भिडभाड कस्तो रमाइलो देखिन्थ्यो । पार्कहरुमा गाला मिलाउँदै साथीभाईहरुको त्यो मिलन, “आहा ! कस्तो राम्रो देखिन्थ्यो । “अब अहिलेकै अवस्थामा यो सम्भव छैन । भिडभाड त सम्भव नै छैन। कतिपय ठाउँमा त कर्फु नै लगाउने समाचार आएका पनि छ्न । नियम कानुन मान्नु पर्ने अवस्था छ । शरीर छ त सबथोक छ।

यसपाली इदमा सुरक्षा व्यवस्था कडा भयको हुँदा इद घर, घरमै बसेर मनाउनु पर्ने छ । अरुले दिएको सुरक्षा भन्दा पनि आफ्नै सुरक्षा आफैं गर्नुपर्ने अवस्था छ । डर त्रास बीचको यो पर्वमा आफैलाई सुरक्षित राख्नु पनि चुनौती नै देखिन्छ । विकल्प उही हो,”आफ्नै कोठामा बस्ने प्रविधिको प्रयोग गर्ने । त्यसैमा खुसी बाड्ने । दुवा लिने दिने ।”

यसपाली इदमा कोरोनाले झटारो हानेका हुँदा घरमै बसौ कोठामा रमाइलो गरौं । हामीलाई झटारो हान्ने कोरोनाबाट बचौ । सबै देश विदेशमा रहनुहुने साथीभाइलाई बक्र इद मुबारक । हेप्पी इद।

 

– तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...