Monday 24th August 2026

प्रधानमन्त्री देउवालाई मत दिने एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि ामधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।
ओलीले भने–कोटेश्वर घर पुगेका कार्यदललाइ अल्पमतको बैठकमा जान्न भन्ने जबाफ आयो। भिम रावलहरुले देउबालाई बिस्वासको मत नहाँलौ पार्टी एकताबद्ध बनाउँ भन्दा म बिधि निर्णय मान्दिन एक्लै भएनि भोट हाल्छु भनेर हप्काएर पठाए । ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको भन्दै क्षमा हुन नसक्ने बताए । एमालेको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री देउवालाई   मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् । त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

-नेपालप्रेसबाट


सम्बन्धित शीर्षकहरु

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

प्रतिकृयाहरू
...