Thursday 17th September 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – २


गजल

###

ऊ ठूलो हरे, म सानो भनेर हेप्छ उसले।
तँ मौरी होस् म रानो भनेर हेप्छ उसले।

दाजु हुँ शान्त बस मिचे के भो सिमाना
बनाइ दिउँला उतानो भनेर हेप्छ उसले।

बाटै बन्द गर्दिन्छु’ जोरी खोजे देखि मसँग
कसरी बाल्छस् ओदानो भनेर हेप्छ उसले।

फर्काइ पानी उतैपट्टी डुबान पार्छु हेर्दै जा
देखाईदे बनी ओभानो भनेर हेप्छ उसले।

घरि यता घरि उता घोचेर कति कति पो
थाप चोट ए अचानो भनेर हेप्छ उसले।

– लक्ष्मी स्मृति, बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...