गजल
###
ऊ ठूलो हरे, म सानो भनेर हेप्छ उसले।
तँ मौरी होस् म रानो भनेर हेप्छ उसले।
दाजु हुँ शान्त बस मिचे के भो सिमाना
बनाइ दिउँला उतानो भनेर हेप्छ उसले।
बाटै बन्द गर्दिन्छु’ जोरी खोजे देखि मसँग
कसरी बाल्छस् ओदानो भनेर हेप्छ उसले।
फर्काइ पानी उतैपट्टी डुबान पार्छु हेर्दै जा
देखाईदे बनी ओभानो भनेर हेप्छ उसले।
घरि यता घरि उता घोचेर कति कति पो
थाप चोट ए अचानो भनेर हेप्छ उसले।
– लक्ष्मी स्मृति, बिराटनगर-५